३० असार २०८३, मंगलबार

टर्कीमा भूकम्प : तीन वर्षीया बालिकालाई भग्नावशेषबाट यसरी गरियो उद्धार

कात्तिक १८, २०७७
टर्कीमा भूकम्प : तीन वर्षीया बालिकालाई भग्नावशेषबाट यसरी गरियो उद्धार

टर्कीमा शुक्रवार गएको ७ म्याग्निच्युडको भूकम्पका कारण लडेको भवनको भग्नावशेषमा पुरिएकी तीन वर्षीया एक बालिकालाई उद्धार गरिएको छ । 
 

एलिफ पेरिनचेक नामक ती बालिकालाई अग्निनियन्त्रक मुआम्मर चेलिकले धूलोमा पुरिएको अवस्थामा फेला पारेका हुन् । 

उनी मरेको भन्ठानेर चेलिकलाई सहकर्मीलाई लाश राख्ने झोला ल्याउन भनेका थिए । तर पछि चेलिकले उनको अनुहार पुछ्दा उनले आँखा खोलिन् र चेलिकको बूढी औंला समातिन् । 

‘अनि मैले चमत्कार देखें,’ इस्तानबुल फायर डिपार्टमेन्टको खोजी तथा उद्धार टोलीका चेलिकले बताए । 

भूकम्प गएको ६५ घन्टापछि गरिएको उद्धारको उनले बेलीविस्तार लगाए । 

उक्त भूकम्पमा परी कम्तीमा १०० जनाको ज्यान गएको छ । 
 

एलिफलाई अस्पतालमा उपचार गरिँदैछ । 

टर्कीको इज्मिर शहरमै १४ वर्षका अर्का एक बालकलाई जिउँदै उद्धार गरिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्