अमेरिकाको नेभादा राज्यमा बुधवार भइरहेको पत्रकार सम्मेलनमा एक आक्रोशित ट्रम्प समर्थक पसेर चिच्याएका छन् ।
बाइडनले निर्वाचन हडप्न लागेको आरोप उनले लगाएका छन् ।
डेमोक्रेटहरूले निर्वाचनमा धाँधली गरेको आरोप लगाउँदै उनी चिच्याए ।
क्लार्क काउन्टीमा नेभादा रजिस्ट्रार अफ भोटर्सले आयोजना गरेको पत्रकार सम्मेलनमा उनी नबोलाइकनै पुगेर चिच्याएका हुन् ।
एक निर्वाचन अधिकारीले पत्रकारहरूलाई अन्तिम मतपरिणाम सार्वजनिक गर्न आफूहरू तयार नरहेको भन्दै गर्दा बीबीक्यू, बीयर, फ्रीडम लेखेको सेतो टीशर्ट लगाएका ती पुरुष बाइडनको परिवार अपराधी भएको भन्दै चिच्याए ।
बाइडनले चुनाव हडप्न लागेको र मिडियाले यसलाई ढाकछोप गर्न खोजेको उनको भनाइ छ ।