
पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक बैठकका लागि भन्दै बोलाएपछि नेकपाका सचिवालय सदस्यहरू पार्टी केन्द्रीय कार्यालय धुम्बाराही पुग्ने क्रम शुरू भएको छ ।
३ बजेका लागि बोलाइएको बैठकका लागि ३ बज्न केही मिनेट बाँकी रहँदा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड धुम्बाराही पुगेका छन् ।
बैठकका लागि सबैभन्दा पहिला माधवकुमार नेपाल धुम्बाराही पुगेका थिए । नेपालका अलावा वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाश पनि धुम्बाराही पुगेका छन् ।
नेकपाभित्रको विवद उत्कर्षमा पुगेको समयमा यो भेलालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
नेकपामा ९ सदस्यीय सचिवालय छ ।