पूर्व सभामुखकाे प्रश्न : उपसभामुख कहिले देख्न पाइन्छ ?

पूर्व सभामुख दमननाथ ढुंगानाले संसदको प्रतिनिधिसभामा उपसभामुख कहिले देख्न पाइन्छ भन्दै प्रश्न गरेका छन् । 

शनिवार सामाजिक सञेजाल ट्वीटरमा लेख्दै उनले संविधानले प्रतिनिधिसभाको पहिलो बैठक शुरु भएको १५ दिनभित्र उपसभामुख निर्वाचित गर्ने बताएपनि त्यसो हुन नसकेको बताएका छन् । 


Advertisement

उनले उपसभामुख पूर्ति गर्ने जिम्मेवारीबाट को, किन चुकेको भन्दै प्रश्न समेत गरेका छन् । 

उनले लेखेका छन् , 'खै, उपसभामुख?
संविधानको धारा ९१(१) भन्दछ, ‘प्रतिनिधिसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले पन्ध्र दिनभित्र सदस्यहरूले आफू मध्येबाट सभामुख र उपसभामुख निर्वाचित गर्नेछन्।’
कहिले देख्न पाइने उपसभामुख? कसको जिम्मेवारी हो उपसभामुख पूर्ति? को किन चुक्यो यस जिम्मेवारीबाट? अब कहिले ?'


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्