२२ असार २०८३, सोमबार

म्यान्मार सीमामा चीनले २ हजार किलोमिटर पर्खाल बनाउँदै

पुस ३, २०७७
म्यान्मार सीमामा चीनले २ हजार किलोमिटर पर्खाल बनाउँदै

म्यान्मार सीमामा चीनले काँडेतारबाट बनेको दुई हजार किलोमिटर लामो पर्खाल बनाउन शुरू गरेको छ । 
 

म्यान्मार सेनाले यसको विरोध गरेको भए पनि चीनले बेवास्ता गरेको छ । 

अमेरिकाको एक शीर्ष थिंकट्यांकले चीनको यो प्रयासले उसको विस्तारवादी सोच झल्काएको र यसबाट दक्षिण एसियामा संघर्ष बढ्न सक्ने बताएको छ । 

रेडियो फ्री एसियाको रिपोर्टअनुसार, म्यान्मार सीमामा लगभग दुई हजार लामो पर्खाल बनाइन लागेको हो । 

चीन सरकारको मुखपत्र ग्लोबल टाइम्सले म्यान्मारबाट अवैध घुसपैठ रोक्नका लागि पर्खाल बनाइने लेखेको छ । चीनको दक्षिण पश्चिम युन्नान प्रान्तमा लगभग ९ मिटर अग्लो काँडेतार सहितको पर्खाल बनाउन लागिएको हो । 

पश्चिमी मुलुकका मिडिया रिपोर्टहरूमा असन्तुष्टहरूलाई चीनबाट भाग्न नदिनु चीनको यो ग्रेट वालको उद्देश्य हो । म्यान्मार सेनाले चिनियाँ अधिकारीहरूलाई पत्र लेखेर चीनको यस कार्यको विरोध गरेको छ । 
 

म्यान्मारका स्थानीय सञ्चारमाध्यमहरूले सेनालाई उद्धृत गर्दै चीनले पोस्ट बीपी–१२५ नजिक आइतवार पर्खाल लगाउन थालेको खबर दिएका छन् । म्यान्मार सेनाले सन् १९६१ मा भएको सन्धिको आधारमा सीमामा पर्खाल बनाउने काममा आपत्ति जनाएको हो । सीमाको १० मिटरभित्र कुनै पनि संरचना बनाउन नपाइने सन्धिको प्रावधान छ । 

दक्षिणी महान् पर्खाल नाम दिइएको यस परियोजनाको पहिलो चरणअन्तर्गत ६५० किलोमिटर क्षेत्रमा पर्खाल लगाउने काम पूरा भएको रेडियो फ्री एसियाले खबर दिएको छ । सन् २०२२ सम्म यस उच्चप्रविधियुक्त पर्खालको काम सम्पन्न गर्ने चीनको योजना छ । 

पर्खालमा बिजुलीको करेन्ट राखिनेछ र इन्फ्रारेड सेन्सर सहितको शक्तिशाली क्यामरा जडान गरिनेछ । 
 

विज्ञहरूका अनुसार, यो पर्खाल बनेपछि चीनमा असन्तुष्टहरू सजिलै म्यान्मार वा भियतनामतर्फ भाग्न पाउने छैनन् । चिनियाँ कम्युनिस्ट पार्टीले विरोधीहरू देश छोडेर नजाऊन् भन्ने इच्छा राखेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्