
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर स्थायी कमिटी सदस्यहरूको बैठक बबरमहलमा शुरू भएको छ ।
दिउँसो १ बजेका लागि बोलाइएको केन्द्रीय कमिटी बैठकअघि स्थायी कमिटी सदस्यको बैठक बसेको हो ।
बैठकमा सहभागी हुन प्रचण्ड–नेपालले आग्रह गरे पनि उपाध्यक्ष वामदेव गौतम बैठकमा सहभागी भएका छैनन् ।
आइतवार बसेको स्थायी कमिटी बैठकले प्रतिनिधिसभा विघटन गरेकोमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अनुशासनको कारवाहीका लागि प्रस्ताव गर्ने निर्णय गरेको थियो । केन्द्रीय कमिटी बैठकबाट निर्णय अनुमोदन गर्ने तयारी भइरहेको एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।
प्रचण्ड–नेपालको बैठक शुरू हुनुअघि प्रधानमन्त्री ओली पक्षको केन्द्रीय कमिटी बैठक बालुवाटारमा चलिरहेको छ । बैठकले केन्द्रीय सदस्यको संख्या बढाएर १ हजार १९९ सदस्यीय महाधिवेशन आयोजक समिति गठन गर्ने निर्णय गरेको छ ।