२२ असार २०८३, सोमबार

प्रतिनिधिसभा पुन:स्थापना नहुने दोहोर्‍याउँदै ओलीले भने– कुहिएको छानो भत्काइयो

प्रतिनिधिसभा पुन:स्थापना नहुने दोहोर्‍याउँदै ओलीले भने– कुहिएको छानो भत्काइयो

प्रधानमन्त्री एवं केपी शर्मा ओलीले संसदीय व्यबस्था भएको मुलुकमा संसद विघटन प्रधानमन्त्रीको विशेषाधिकार भएको बताएका छन् । उनले प्रतिनिधिसभा पुनस्थापनाको कुनैपनि सम्भावना नरहेको दावी गर्दै चुनाव नै एकमात्र निकाश भएको बताए ।

‘कुहिएको छानोले भएन, छानो भत्काइयो, नयाँ छानो हालिँदैछ । अब पुरानै खरका टुक्रा खोज्न गएर हुन्छ ?’ शनिवार काठमामाडौंमा नेकपाका कार्यकर्ताहरुलाई सम्वोधन गर्दै ओलीले भने, ‘मुद्दा त मान्छेले लडलान, तर प्रधामन्त्रीको अधिकार प्रयोग गरेर विघटनको सिफारिश गरिएको हो । पुनःस्थापना हुँदैन ।’

बेलायतमा प्रधानमन्त्री वोरिस जोन्सनले २१ जना सांसदलाई कार्वाही गरेर चुनाव गएर फेरि अत्याधिक बहुमत ल्याएर प्रधानमन्त्री भएको उदाहरण पेशगर्दै ओलीले भने– ‘इजरायलमा पनि हालै संसद विघटित अवस्थामा गयो । प्रधानमन्त्रीले गर्नसक्छ, संसदीय व्यबस्था भएको देशमा प्रधानमन्त्रीले संसद विघटन स्वभाविक अभ्यास हो ।’

salt training

कमेन्ट गर्नुहोस्