२२ असार २०८३, सोमबार

अफगानिस्तानले चिनियाँ जासूसहरूलाई दियो माफी, ल्याइए बेइजिङ

पुस २०, २०७७
अफगानिस्तानले चिनियाँ जासूसहरूलाई दियो माफी, ल्याइए बेइजिङ

अफगानिस्तान सरकारले चीनका १० गुप्तचरहरूलाई गुपचुप माफी दिएको छ । उनीहरूलाई चार्टर्ड विमानबाट चीन लगिएको छ । 

यी चिनियाँ गुप्तचरहरूलाई अफगानिस्तानको राजधानी काबुलमा आतंकवादी सेल चलाएको आरोपमा पक्राउ गरिएको थियो । सबै गुप्तचरहरू चीनको गुप्तचर संस्था एमएसएससँग आबद्ध रहेको बताइएको छ । 

गत डिसेम्बर महिनामा चिनियाँ गुप्तचर सञ्जालको खुलासा भएको थियो र अफगानिस्तानको सुरक्षा सेवा एनडीएसले उनीहरूलाई हिरासतमा लिएको थियो । 

चीनले माफीको प्रस्ताव गरेमा माफी दिने भनी अफगानिस्तानले बताएको थियो र त्यही भयो । तर कस्तो शर्तमा अफगानिस्तानले चिनियाँ जासूसहरूलाई रिहा गरेको हो भन्ने स्पष्ट छैन । 

शनिवार सबै चिनियाँ जासूसहरूलाई राष्ट्रपति अशरफ गानीले चीन जान स्वीकृति दिएका थिए । जासूसहरू लगभग २३ दिन अफगानी हिरासतमा बसेका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्