आधुनिक गीत सोल्टिनीको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
भिडियोमा दयाहाङ राई, रेविका गुरुङको अभिनय देख्न सकिन्छ ।
भिडियोका गीतमा समाजसेवी पूर्ण लिम्बु र मेलिना राईको स्वर सुन्न सकिन्छ । गीतको लिरिक्स र म्युजिक प्रेम कृष्ण बजगाईले निर्माण गरेका हुन् भने शिलाबहादुर मोक्तानले एरेन्ज गरेका हुन् ।
गीतमा कविराज गहतराजको कोरियोग्राफी छ भने सुदीप बरालले भिडियो खिचेका हुन् । गीत र यसको भिडियो सार्वजनिक भएपछि दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको छ ।
लोकान्तर संवाददाता