परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतीय विदेशमन्त्री एस जयशंकरबीच नयाँ दिल्लीमा भेटवार्ता भएको छ ।
नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकअघि शुक्रवार बिहान मन्त्री ज्ञवाली र जयशंकरबीच हैदरवाद हाउसमा भेटवार्ता भएको हो ।
भेटमा परराष्ट्र सचिव भरतराज पौड्याल, भारतका लागि नेपालका राजदूत नीलाम्बर आचार्य तथा भारतीय विदेश मन्त्रालयका सचिव हर्षबर्धन शृङ्गला पनि सहभागी छन् ।
नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक मध्याह्नपछि शुरू हुँदैछ । बैठकका लागि सीमा, कनेक्टिभिटी, ऊर्जा, व्यापार लगायत दर्जन बढी एजेण्डा तय भएका छन् ।
नेपालमा विकसित राजनीतिक घटनाक्रमबारे मन्त्री ज्ञवालीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ब्रिफिङ गर्ने कार्यक्रम पनि छ ।
नेपालमा प्रतिनिधि सभा विघटनपछि मन्त्री ज्ञवाली सरकारको तर्फबाट भारतमा पहिलो औपचारिक भ्रमण हो ।
तीन दिने भ्रमणका लागि मन्त्री ज्ञवाली बिहीवार नयाँ दिल्ली गएका थिए ।