×

NMB BANK
NIC ASIA

मूर्त–अमूर्त सम्पदा संरक्षणमा काठमाडौँ महानगरपालिका एकाग्र छ : प्रमुख शाक्य

माघ ४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले मुर्त–अमुर्त सम्पदाको संरक्षणमा काठमाडौंमहानगरपालिका एकाग्र भएर लागेको बताएका छन् ।

Muktinath Bank

वडा नं. २१ स्थित लगन टोलमा रहेको ऐतिहासिक कीर्तिपुण्य महाविहारको आगँ छेँ पुनःनिर्माणको शिलान्याश गर्दै शाक्यले यस्तो बताएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘काठमाडौं ऐतिहासिक र सांस्कृति शहर हो । यहाँ लामो समयदेदेख जीर्ण बनेका सयौँ सम्पदा छन् । यिनीहरुको संरक्षण गर्नु राज्य र हाम्रो पनि दायित्व हो,’ शाक्यले भने, ‘अब पनि हामीले सहयोग नगरी त्यस्तै अवस्थामा छाडिदिने हो भने जीर्ण बनेका सम्पदा भग्नावशेष अवस्थामा पुग्ने निश्चित छ ।’ 


Advertisment
Nabil box
Kumari

शाक्यले परम्परा, इतिहास, सँस्कृति र सस्कारलाई जीवन्न बनाउन सबैको हातेमालो आवश्यक रहेको स्मरण गराए । ‘हाम्रो परम्परा, इतिहास, सँस्कृति र सस्कारलाई जोगाउने काम गुठियारहरुले गरिरहेका छन्,’ शाक्यले भने, ‘यस्तो अवस्थामा जीर्ण सम्पदाहरुको संरक्षणमा राज्यको पनि सहयोग हुँदा उहाँहरु थप उत्साहित हुनुभएको छ । महानगरवासी अहिले काठमाडौंमहानगरपालिकाले सम्पदान संरक्षणका लागि लगानी गरेको देखेर थप आशावादी बन्नुभएको छ ।’ 

Vianet communication
Laxmi Bank

शाक्यले अहिले महानगरपालिकाले सम्पदा निर्माण, पुनःनिर्माणमा गरेको लगानी सयौँ वर्षका लागि हुने स्मरण गराए ।

‘हामी जनप्रतिनिधि अस्थायी हौँ । तर, यो कार्यकालमा सम्पदा निर्माण–पुःनर्मिाणसँगै सम्पदा संरक्षणका लागि गरिएका कामहरु यहाँका बासिन्दाका लागि स्थायी हुन्,’ उनले भने, ‘काठमाडौँमा मुख्य गरेर १८ ओटा विहार रहेका छन् । त्यो मध्येको लगं बहाः एक महत्वपूर्ण विहार हो । प्राचिनकालमा दक्षिण कोलिग्राम सभ्यताले परिचित काठमाडौँको तल्लो भेगको क्षेत्र (कोने)मा अवस्थित लगं बहाः ऐतिहासिक तथा पुरातात्विक महत्वको बिहार हो । बुद्ध शासनकालसँग जोडिएको यो ऐतिहासिक बिहारको पुनःनिर्माणसँगै यहाँका स्थानीयहरु थप उत्साहित बन्नुभएको छ ।’ 

आफ्नो पुर्खाले आफ्नै आयस्रोतबाट निर्माण गरेको ऐतिहासिक विहार जीर्ण बनेका बेला स्थानीय सरकारको तर्फबाट सहयोग गर्न पाउँदा गौरव लागेको पनि उनले बताए । स्थानीय सम्पदाको संरक्षण गुठियारहरुले नै गर्नुपर्छ सरकारको काम भनेको ढल, बाटो–घाटोको निर्माण मात्रै हो भन्ने परम्परा रही आएको भन्दै पछिल्लो समय त्यो परम्परा तोड्दै महानगरपालिकाले अघि बढेको स्मरण गराए ।

‘ऐतिहासिक, धार्मिक र पुरात्वात्विक महत्वका सम्पदाको संरक्षण गर्नुपर्छ भनेर काठमाडौंमहानगरपालिकाले प्रयाप्त बजेट विनियोजन गरेको छ,’ शाक्यले भने, ‘अहिले काठमाडौंमहानगरपालिका क्षेत्र भित्र रहेका अधिकांश गुठियार र महानगरवासी राज्यले हाम्रो कुरा सुन्यो, भग्नावशेष अवस्थामा पुगेको सम्पदा निर्माण–पुनःनिर्माणका लागि सहयोग भयो । सम्पदा बचाउन राज्यले पहलकदमी लियो भनेर उत्साहित हुनुभएको छ ।’ 

केही सम्पदा निर्माण–पुर्ननिमाणमा गुठियार–गुठियार बिचमै उत्पन्न विवादलगायतका कारणले ढिलाई भएको पनि उनले जानकारी दिए ।  उनले स्थानीयहरुले सहमति लिएर आएको अवस्थामा ऐतिहासिक, धार्मिक र पुरात्वात्विक महत्वका सम्पदा निर्माण–पुर्ननिर्माणका लागि सहयोग गर्न महानगरपालिका तयार रहेको उहाँको भनाइ छ ।

‘कतिपय ठाउँमा ऐतिहासिक, धार्मिक र पुरात्वात्विक महत्वका सम्पदामा महानगरपालिकाको सहयोगमा निर्माण भएपछि त्यसको सम्पूर्ण स्वामित्व महानगरपालिकाले नै लिने हो कि भन्ने भ्रम पनि पैदा हुने गरेको छ,’ शाक्यले भने, ‘सयौँ वर्षदेखि गुठियारहरुले आफ्नो सँस्कृति परम्परालाई जीवन्त बनाउँदै आउनु भएको छ । उहाँहरुलाई राज्यले सहयोग मात्रै गर्ने हो ।’  

शाक्यले कतिपय अवस्थामा पुरातत्व विभागले समन्वय नगर्दा, राजनीतिक र व्यक्तिगत स्वार्थले अवरोध गर्दा सम्पदा निर्माण–पुर्ननिर्माणमा अवरोध भएको पनि गुनासो गरे । 

काठमाडौंमहानगरपालिका हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रम अन्तरगत पुनर्निर्माण हुन लागेको कीर्तिपुण्य महाविहारको आगँ छेँ को लागत २ करोड ८५ लाख रहेको छ ।  २०७८ मंसिरसम्म सम्पन्न गर्नुपर्ने कार्यादेश पाएको निर्माण कम्पनी तुलसी कन्स्ट्रक्शनले समयमै निर्माण सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।  महानगरपालिकाले यस अघि नै लगं बहाः भित्रै अवस्थित दिगुद्यः पनि पुनर्निर्माण सम्पन्न गरको छ । २०७२ सालको शक्तिशाली भूकम्पले क्षतिग्रस्त भएको दिगुद्यः को पनि मेयर शाक्यले नै उद्घाटन गरेका थिए । 

दिगुद्यः लगं बहाः अन्तर्गत रहेका सम्पूर्ण शाक्य तथा वज्राचार्यहरूको कुलदेवता (दिगुद्यः) का रूपमा पुजिने गरेको भन्दै स्थानीय कुलभक्त शाक्यले उपत्यकाका अधिकांश नेवार समुदायको कुलदेवता प्रायः घरभन्दा टाढा खुल्ला चउरमा रहने भए पनि घर छेउमै बहाल भित्र कुलदेवता रहेको लगं बहाः नै रहेको बताए । हरेक वर्ष देवालीका दिन लगं बहाः अन्तर्गत रहेका शाक्य र वज्राचार्य समुदायको देवाली पूजा (देपुजा) पनि यही मन्दिरमा मनाउने गरेकाले पनि विहारको थप महत्व रहेको शाक्यले जानकारी दिए ।  

‘प्राचिनकालमा दक्षिण कोलिग्राम सभ्यताले परिचित काठमाडौँको तल्लो भेगको क्षेत्र (कोने)मा अवस्थित लगं बहाः ऐतिहासिक तथा पुरातात्विक महत्वको बिहार हो,’ शाक्यले भने, ‘प्रताप मल्लको पालामा नै बौद्ध विहार अस्तित्वमा रहेको इतिहास छ । यो क्षेत्रमा प्रताप मल्लका छोराहरु नृपेन्द्र मल्ल र चक्रबदेन्द्र मल्लका पालाका शिलालेखहरु तथा चैत्यहरु अहिलेसम्म पनि यत्रतत्र छरिएर रहेका छन् ।’ 

महाविहार रेखदेख समितिका सदस्य सुगन्धरत्न शाक्यले लगन टोलका शाक्य र बज्राचार्यहरुका इष्ट देवताको मन्दिर निर्माणसँगै विहार निर्माणमा महानगरपालिकाले सहयोग गर्दा उत्साहित भएको बताए ।  कपिलवस्तुबाट शाक्यहरु लखेटिएपछि यो ठाउँमा आएर बस्ती बसालेको र उनीहरुले नै विहार निर्माण गरेको शाक्यको भनाइ छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x