
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य दुई/दुई रूपैयाँका दरले बढाएको हो ।
बढेको मूल्य आज मध्यरातदेखि लागू हुने निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए ।
नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ सय १० रुपैयाँ कायम भएको छ भने, डिजेल र मट्टीतेलको मूल्य ९३ रुपैयाँ भएकोछ । खाना पकाउने ग्यासको मूल्य भने घटबढ भएको छैन ।