
प्रधान सेनापति पूर्णचन्द्र थापाले नेपाली सैनिक वार कलेज, नगरकोटमा गत असोज ११ गतेबाट संचालन भइरहेको सि.सं. ८ हाईयर कमाण्ड तथा म्यानेजमेन्ट तालिमको एक कार्यक्रमका बीच समापन गरेका छन् ।
समापनपूर्व उक्त तालिमका शिक्षार्थीहरुसँग भएको अन्तरक्रियामा प्रधान सेनापति थापाले संगठनको भिजन र मिशनका बारेमा साझा बुझाई निर्माण गर्न तथा नेपालको आफ्नै परिवेश र माटो सुहाउँदो सैनिक रणनीति र नेपाली सेनाको विशिष्ट आवश्यकतालाई परिपूर्ति गर्ने उद्धेश्यलाई मध्यनजर गरेर यो तालिमको सञ्चालन गरिएको बताए ।
प्रधान सेनापति थापाले आफ्नो संवैधानिक दायित्व निर्वाह गर्न नेपाली सेना सदैव तयार रहनु पर्ने बारेमा जोड दिँदै हालसालै जारी भएको राष्ट्रिय सुरक्षा नीतिबाट र यसबाट विकसित हुने राष्ट्रिय प्रतिरक्षा नीति र राष्ट्रिय सैनिक रणनीति नेपाली सेनाको लागी महत्वपूर्ण गाइडालइनको रुपमा स्थापित हुने विश्वास व्यक्त गरे ।
तालिममा महासेनानी नारायण बहादुर थापा समग्र तालिममा प्रथम भएका छन् भने महासेनानी प्रकाश बहादुर चन्द शोधपत्रतर्फ प्रथम भएका छन् ।