नागरिक आन्दोलनमा भएको प्रहरी दमनको प्रचण्ड–नेपाल समूहद्वारा विरोध

नेकपाको प्रचण्ड–माधव नेपाल समूहले बालुवाटारमा नागरिक आन्दोलनले गरेको मार्चपासको क्रममा भएको प्रहरी दमनको विरोध गरेको छ । सो समूहका तर्फबाट केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले जारी गरेको विज्ञप्तिमा संविधान र लोकतन्त्रको रक्षाका लागि संघर्षमा उत्रँदा गरिएको दमनले सरकारको अलोकतान्त्रिक एवम् निरङ्कुश चरित्र उदाङ्गो भएको उल्लेख गरिएको छ ।

यसबाट संघर्षको आवश्यकता र औचित्य थप बढेर गएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विज्ञप्तिमा प्रहरी दमनबाट घाइते भएका आन्दोलनकारीहरूको स्वास्थ्य लाभको कामना पनि गरेको छ ।


Advertisement

 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्