मंसिर १५, २०८०
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
माघ १४, २०७७
विभाजन अघिको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले राजनीतिकरूपमा विभाजित नेकपालाई पुनः एकीकरण गर्न भनेर 'राष्ट्रिय एकता अभियान' घोषणा गरेका छन् ।
बुधवार राजधानीमा एक कार्यक्रमका बीच अभियान घोषणा गर्दै गौतमले आफ्नै नेतृत्वमा नेकपाका दुवै समूह पुनः एकीकरण हुने दाबी गरे ।
गौतमले १४ पृष्ठको अवधारणा पत्र समेत सार्वजनिक गरेका छन् । पत्रमा विभाजित नेकपाका दुवै समूहलाई पार्टी एकीकरणका लागि अनुरोध र आग्रह गर्न एकता पक्षधर नेता तथा कार्यकर्तालाई अपिल गरिएको छ ।
भेलामा उपस्थित आफूनिकट करीब २ सय नेता/कार्यकर्तालाई सम्बोधन गर्दै गौतमले आफ्नो शक्तिले नेकपाको कुनै एक समूहलाई अर्को समूहमा विलय गराइदिने क्षमता राख्ने समेत दाबी गरे ।
गौतमको यो अभियानलाई कतिपयले पार्टी एकताको पक्षमा गरेको पहलका रूपमा बुझेका छन् भने कतिपयले तेस्रो पार्टीको अभ्यास पनि भनेका छन् ।
गौतमको संगठनात्मक संरचना
एकताका लागि गौतमले तयार पारेको अवधारणापत्रमा अभियान सञ्चालनका लागि केन्द्रमा एक अधिकार सम्पन्न केन्द्रीय समन्वय समिति रहने उल्लेख गरिएको छ ।
केन्द्रीय समितिको संख्या अधिकतम ६ सय ५१ रहने छन् भने १७५ जना कार्यसम्पादन समितिमा रहनेछन् ।
दैनिक कामका लागि आवश्यक सचिवालय निर्माण गरिने गौतमले जानकारी दिएका छन् ।
यससँगै गौतमले प्रत्येक प्रदेशमा प्रदेश समन्वय समिति हुने, प्रत्येक जिल्लामा पालिकासमेतको प्रतिनिधित्व हुने गरी अधिकतम ७५ सदस्यीय जिल्ला समन्वय समिति निर्माण गर्ने घोषणासमेत गरेका छन् ।
त्यस्तै पालिकामा वडाहरूको समेत प्रतिनिधित्व हुने गरी अधिकतम ५१ सदस्यीय पालिका समन्वय समिति निर्माण गर्ने गौतमको योजना छ । पार्टी एकता अभियान भने पनि गौतमले पार्टीकै संरचनामा संगठन निर्माण गर्ने परिकल्पना गरेका छन् ।
उनले अर्को व्यवस्था नभएसम्म अभियानका सबै समिति र सदस्यहरू उनले जारी गरेको अवधारणापत्रको व्यवस्था अनुसार परिचालित हुने समेत जनाएका छन् ।
गौतमले तय गरेका ६ आचारसंहिता
गौतमले राजनीतिक रूपमा विभाजित आफ्नो पार्टीको एकताका लागि ६ बुँदे आचारसंहिता प्रस्तुत गरेका छन् ।
यी आचारसंहिताहरूमा गौतमले पार्टीका दुवै समूहका नेता तथा कार्यकर्तालाई विनम्र हुन, आरोप–प्रत्यारोपमा सामेल नहुन र गालीगलौज नगर्न आग्रह गरेका छन् ।
नेकपा अझै पनि एकढिक्का राख्ने उद्देश्यका साथ बुधवार एकताको राष्ट्रिय अभियान घोषणा गरेका गौतमले ६ बुँदे आचारसंहिता प्रस्तुत गर्दै दुवै समूहलाई व्यक्तिगत टिप्पणी नगर्न समेत आग्रह गरेका हुन् ।
'पार्टी एकता अभियानका हामी कमरेडहरूले पार्टी एकता हुन सकेन र उपरोक्त आरोप–प्रत्यारोप रोकिएन भने अझ निम्नस्तरका दुर्घटनामा जानसक्ने खतरा महशुस गरिरहेका छौं,' आफ्नो अवधारणापत्रमा गौतमले भनेका छन्, 'आज हामी मिल्न सकेनौं, यसो भन्दैमा जीवन रहँदासम्म मिल्ने छैनौं भन्न सकिन्छ र ?'
उनले प्रस्तुत गरेका छ बुँदे आचारसंहिता यी हुन् –
–निर्वाचनभन्दा पहिले र निर्वाचनपछिको अवधिमा आयोजना गरिने बैठक, कोणसभा, जनसभा, आमसभाहरूमा जनतासमक्ष आत्मालोचक बनीप्रस्तुत हुने ।
–अन्तरपार्टी संघर्षका समयमा प्रस्तुत भएका दुवैपक्षका विषयलाई मर्यादित भाषामा समीक्षात्मक शैलीमा राख्ने।
–विभिन्न कारणले हामी फुटे पनि नेपाल राष्ट्र र जनताको सार्वभौमिक अधिकारको रक्षा तथा समृद्ध समाजवाद निर्माणका लागि आवश्यक पर्दा काँधमा काँध मिलाएर अगाडि बढ्ने प्रतिज्ञा व्यक्त गर्ने ।
–अन्य प्रतिस्पर्धी पार्टीहरूको पनि निर्वाचन अवधिभर स्वस्थ आलोचना मात्र गर्ने ।
–व्यक्तिमाथि टिप्पणी वा आलोचना गर्ने नाममा तिनका निजी मामिला, जातीय, भाषिक, वर्गीय, लिंगीय र समुदायको संवेदनशीलतामा आँच आउने बोली व्यवहार बन्द गर्ने ।
–यस किसिमको आचारसहिंता पालना गर्न अन्य सबै राजनीतिक पार्टीहरूलाई पनि अनुरोध गर्ने ।
नेकपालाई एकजुट बनाउने गौतमको त्यो आत्मविश्वास !
गौतमले सम्बोधनका क्रममा पार्टी विभाजनपछि दुईतिर गएका अध्यक्षहरू ओली र प्रचण्डलाई मिलाउन अधिकतम\ प्रयास गर्ने जिकिर गरे । उनले दुईतिर फर्किएका अध्यक्षहरूलाई एकैतिर फर्काइदिने तागत आफूसँग भएको दाबीसमेत गरे ।
‘अहिले उहाँहरू दुईतिर फर्कनुभएको छ, दुईतिर फर्किएकालाई मैले एकैतिर फर्काइदिन्छु,' सम्बोधनका क्रममा गौतमले भने, 'केपी ओली कहिल्यै एकताको पक्षमा हुनुहुन्थेन । प्रचण्डजी म नहुँदा हो नभए जहिल्यै एकताको पक्षमा हो । म एकातिर जान्छु र केपीलाई प्रचण्डतिर फर्काइदिन्छु र प्रचण्डलाई केपीतिर फर्काइदिन्छु, त्यो तागत मसँग छ ।'
उनले आफूले छुट्टै राजनीतिक दल नखोल्ने दाबीसमेत गरेका छन् ।
'ओली समूहमा ओलीबाहेक सबै एकताका पक्षमा छन् । प्रचण्ड-नेपाल समूहमा पनि अधिकांश नेता एकताका पक्षमा छन् । धेरै नेताहरूले सर्वोच्चको आदेश आएपछि आफूहरू एकताको पक्षमा लाग्ने भनेर मलाई फोन गरिरहनु भएको छ । त्यसैले हाम्रो प्रयास सार्थक हुन्छ,' गौतमले भने ।
ओली समूहका १ सय केन्द्रीय सदस्यको गौतमलाई साथ
ओली समूहमा लागेर केन्द्रीय कमिटी सदस्य भएका १ सय जनाले गौतमलाई साथ दिएको उनीनिकट स्रोतको दाबी छ ।
'निर्वाचन आयोगले अवैध भनेका ओली समूहका १ सय केन्द्रीय सदस्यहरू यता हुनुहुन्छ,' स्रोतले भन्यो, 'प्रचण्ड-नेपाल समूहका पनि धेरै कमरेडहरू यता हुनुहुन्छ । खुल्न नसकेका अझै धेरै कमरेडहरू हुनुहुन्छ ।'
तर एकीकृत पार्टीबाट केन्द्रीय सदस्य हरि पराजुलीले गौतमलाई खुलेरै साथ दिएका छन् ।
बुधवारको कार्यक्रममा उनले स्वागत मन्तव्यसमेत दिएका थिए ।
आजको कार्यक्रममा केन्द्रीय सदस्य पराजुली, प्रा.डा. हिराबहादुर महर्जन, प्रा.डा. प्रकाशमान श्रेष्ठ, बाबुराम थापा, तुलसी थापा, रमेश महर्जन, भोजराज भट्टराई, डीबी कार्कीलगायत सहभागी थिए ।
गौतमले आफू कुनै पनि पक्षमा नभएको भनेर बारम्बार स्पष्टीकरण दिने गरेका छन् ।
केही दिनअघि जुन समूहले अध्यक्ष दिन्छ, गौतम त्यतै जाने भन्दै समाचारहरू सार्वजनिक भएका थिए ।
उनले उक्त समाचारको पनि खण्डन गरेका छन् ।
जुट्ला त नेकपा?
गौतमले निर्वाचन आयोगको पछिल्लो निर्णयलाई पार्टी जोड्न सकिने कडीका रूपमा लिएका छन् । आयोगले केही दिनअघि नेकपा पूर्ववत् अवस्थामा रहेको निर्णय गरिदिएको थियो । यद्यपि दुवै पक्षले आफू आधिकारिक नेकपा रहेको दाबी गर्न छाडेका छैनन् ।
'यदि संसद् पुन:स्थापना भयो भने हामीसँग चुनावअघि २ वर्षको समय रहनेछ, त्यतिबेलासम्म फुटेको नेकपालाई जुटाउने हाम्रो अभियान सफल हुनेछ,' गौतमले भने ।
सम्बोधनका क्रममा गौतमले पटक-पटक २०५६ सालमा विभाजित एमालेको स्मरण गरेका थिए ।
'फुटेर कहीँ पुगिन्न, ध्वंस हुन्छ भन्ने मैले त्यतिबेलै जानेको हो,' गौतमले भने, 'अहिले पनि नेकपाका दुवै समूहका नेताहरू आएर आफूतिर लाग्नुस् भनिरहेका छन् । मैले म एकताको पक्षपाति हो, कतै लाग्दिन भनेर भनिदिएको छु । दुई खुट्टाले उभिन सक्ने बेलासम्म म नेकपाको एकता अभियानमा लागिरहनेछु ।'
गौतमको अभिव्यक्तिमा पार्टी एकजुट गराउने आत्मविश्वास त देखिन्छ तर ओली र प्रचण्डबीचको एकता भने त्यति सहज देखिएको छैन ।
कसैलाई कारवाही नगरेकाले आफूहरूले मिल्ने ठाउँ राखेको ओली पक्षले बताउने गरेको छ भने ओलीसँग कुनै पनि हालतमा मिल्न नसकिने प्रचण्ड-नेपाल समूहका नेताहरूको दाबी छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...