धमेन्द्र बाँस्तोलालाई २४ घण्टाभित्र उपस्थित गराउन आदेश

सर्वोच्च अदालतले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नेता धमेन्द्र बाँस्तोलालाई २४ घण्टाभित्र बन्दीसहित उपस्थित गराउन आदेश जारी गरेको छ ।

 न्यायाधीश डा मनोजकुमार शर्माको एकल इजलासले आज बन्दी बनाउनुको आधार र कारणसहित सूचना प्राप्त भएको मितिले बाटोको म्यादबाहेक २४ घण्टाभित्र बन्दीसहित उपस्थित गराउन साथै महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गर्न भनिएको छ ।


Advertisement

 विप्लव समूहका पश्चिम कमाण्ड इञ्चार्ज रहेका बाँस्तोलाको तर्फबाट हिमा बाँस्तोलाले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । गत पुस २९ गते बाँस्तोलासहित चार जनालाई ललितपुरको दक्षिणी भेगबाट प्रहरीले पक्राउ गरेको थियो ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्