२१ जेठ २०८३, बिहीबार

पेट्रोल र डिजेलमा विक्रेताहरूले लिँदै आएको कमिशन बढ्यो

पेट्रोल र डिजेलमा विक्रेताहरूले लिँदै आएको कमिशन बढ्यो

नेपाल आयल निगम र नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसियशनबीच  अधिकृत विक्रेताहरूले लिँदै आएको पेट्रेल तथा डिजेलको कमिशन वृद्धि गर्न सहमति भएको छ । 

शनिवार निगमको केन्द्रीय कार्यालय बबरमहलमा भएको छलफलमा निगम सञ्चालक समितिको निर्णयअनुसार पेट्रोल तथा डिजेलमा लिँदै आएको कमिशन वृद्धि गर्ने सहमति भएको हो । 

जसअनुसार, अब पेट्रोलमा ३.३९५ प्रतिशत र डिजलमा ३.१२ प्रतिशत कमिशन अधिकृत विक्रेताहरूले लिने भएका छन् । यस अघि उनीहरूले पेट्रोलमा ३ प्रतिशत र डिजलमा २.६५ प्रतिशत कमिशन लिँदै आएका थिए । 


  

salt training

कमेन्ट गर्नुहोस्