२१ जेठ २०८३, बिहीबार

बलात्कारको आरोपमा १ जना पक्राउ

माघ १७, २०७७
बलात्कारको आरोपमा १ जना पक्राउ

बलात्कार प्रयास गरेको आरोप लागेका फरार १ आरोपी शनिवार पक्राउ परेका छन् ।

सप्तरीको रूपनी गाउँपालिका–३ मलाहाटोलका २६ वर्षीय नरेश मुखिया मलाहालाई बलात्कार प्रयासको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

गत कात्तिक ६ गते राति शौचालय गएका बेला आरोपितले बलात्कार प्रयास गरेको भन्दै १ महिलाले उजुरी गरेकी थिइन् । 

पीडितले जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरी कात्तिक २७ गते नै दर्ता भए पनि फरार रहेकाले खोजतलासका क्रममा शनिवार पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्