२१ असार २०८३, आइतबार

महिला लघुवित्तको आईपीओ माघ २८ गतेदेखि बिक्री खुला हुने

महिला लघुवित्तको आईपीओ माघ २८ गतेदेखि बिक्री खुला हुने

महिला लघुवित्त वित्तीय संस्थाको प्राथमिक सेयर (आईपीओ) आगामी माघ २८ गतेदेखि भर्न पाइने भएको छ । संस्थाले सो दिनदेखि कूल ४ करोड रुपैयाँ बराबरको आईपीओको बिक्री खुला गर्न लागेको हो ।

गत माघ १० गतेमात्र नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको लघुवित्तले प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ दरका ४ लाख कित्ता आईपीओ बिक्री गर्न लागेको हो । जसमध्ये ०.५० प्रतिशत अर्थात ५ हजार कित्ता सेयर कर्मचारीलाई र ५ प्रतिशत अर्थात २० हजार कित्ता सेयर सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ । र, बाँकी रहने ३ लाख ७५ हजार कित्ता साधारण सेयर सर्वधारणलाई निष्काशन गरिने संस्थाले जनाएको छ ।

यससँगै, इच्छुक आवेदकले न्यूनतम १० कित्ता र अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने छन् । आईपीओको निश्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गका अनुसार यो आईपीओको निष्कासन बन्द छिटोमा फागुन २ गते र ढिलामा फागुन १२ गतेसम्म हुनेछ ।

उक्त सेयर निष्काशनको लागि संस्थाले ईक्रा नेपालबाट ‘‘इक्राएनपी इस्यअर रेटिङ्ग डबल बी’ क्रेडिट रेटिङ्ग पाएको छ ।

हाल लघुवित्तको चुक्ता पुँजी ६ करोड रुपैयाँ रहेकाे छ । ४ करोडको आईपीओ पश्चात संस्थाको चुक्ता पुँजी १० करोड रुपैयाँ पुग्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्