२७ जेठ २०८३, बुधबार

प्रचण्ड–नेपाल पक्षको सभामा दर्जनभन्दा बढी वक्ता, झाँक्रीसहित तीन महिलाले सम्बोधन गर्ने

प्रचण्ड–नेपाल पक्षको सभामा दर्जनभन्दा बढी वक्ता, झाँक्रीसहित तीन महिलाले सम्बोधन गर्ने
फाइल फोटो

प्रतिनिधि सभा विघटनको विरोधमा नेकपा (प्रचण्ड–नेपाल) समूहले बुधवार काठमाडौंमा विरोध सभा आयोजना गर्दैछ । 

भृकुटीमण्डपमा मध्याह्न हुने सभालाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल लगायतका नेताहरूले सम्बोधन गर्दैछन् ।

सभालाई सचिवालय सदस्य झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठका अलावा महिला, मधेशी र जनजातिले समावेशी प्रतिनिधित्वको आधारमा सभालाई सम्बोधन गर्ने भएका छन् ।

सभालाई अञ्जना विशंखे, अमृता थापा, भानुभक्त जोशी, महफुज अन्सारी, रामकुमारी झाँक्री, रामचन्द्र झा, सन्तकुमार चौधरी, जनार्दन शर्मा, देव गुरुङ, रघुजी पन्त लगायतले सम्बोधन गर्दैछन् ।

यसअघि माघ ८ गते आयोजना गरिएको सभामा वक्ता छनोटको विषयलाई लिएर सो पार्टीभित्र विवाद भएको थियो । 

सभाअघि राजधानीका विभिन्न स्थानबाट जुलुस निस्किएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्