३० असार २०८३, मंगलबार

‘कांगेस–माओवादी केन्द्रवीच पार्टी एकता भए आश्चर्य नमाने हुन्छ’

कात्तिक २०, २०७४
‘कांगेस–माओवादी केन्द्रवीच पार्टी एकता भए आश्चर्य नमाने हुन्छ’
काठमाडौं, ७ जेठ — प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रभावशाली नेता एवम् पूर्वमन्त्री रघुवीर महासेठले कांग्रेस र माओवादी केन्द्रवीच चुनावी तालमेल त सामान्य कुरा भएको बताउँदै भोलि पार्टी एकता भयो भनेपनि आश्चर्य मान्न नहुने बताएका छन् ।Congress and Maoist
राजधानीमा शनिबार आयोजित एक कार्यक्रममा उनले भने,‘किनकी माओवादी जे बोल्छ, त्यही पुरा गर्छ, प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिजो भाषण गर्दा भन्नुभयो, कि आजभोलि कांग्रेसले जित्दा माओवादीले जितेजस्तो लाग्छ र हो पनि, अहिले त कांग्रेस र माओवादी छुट्याउनै गाह«ो छ, भोलि यी दुई पार्टी एक भएपनि आश्चर्य नमाने हुन्छ।’
महासेठले सत्तापक्ष ईमानदार नभएको समेत आरोप लगाए । उनले भने,‘मधेशी मोर्चाको काँधमा बन्दुक राखेर सत्तापक्षले बन्दुक पड्काईरहेको छ, यो कुरा मोर्चाका साथीहरुले पनि बुझ्नुपर्छ ।’ उनले पहिलो चरणको निर्वाचन सम्पन्न भएको अवस्थामा सरकार र मोर्चावीच सहमति भएको आज एक महिना बित्दापनि संविधान संशोधन लगायतका अन्य माँगहरुमा मोर्चा नतातेको बरु अहिले दोस्रो चरणको निर्वाचनमा आएर यसरी एक्कासी तात्नुले चुनाव हुन नदिने षड्यन्त्र हुन लागिरहेको भान आफूहरुलाई भएको आरोप लगाए ।
जेठ १९ गते उम्मेद्धवारी दर्ता गर्ने मिति नै आयोगले तोकिसकेको अवस्थामा जेठ १० गते संशोधन प्रस्ताव व्यवस्थापिका–संसदमा निर्णयार्थ प्रस्तुत गर्न खोज्नुले निर्वाचन नगराउने षडयन्त्र हुने उनको दाबी थियो । महासेठले थपे,‘यो एक महिना उहाँहरु चुप लागेर बस्नुभयो, जब निर्वाचन आउन थाल्यो अनि उहाँहरु फेरि नाटक मञ्चन गर्नतिर लाग्नुभैरहेको छ, यो ५÷७ दिनमा संख्या बढ्दैन, उहाँहरुले यो कुरा बुझ्नसक्नुभएन, म त भन्छु मोर्चालाई सरकारले प्रयोग गरिरहेको छ।’
उनले मधेशी मोर्चाका नेताहरु आत्म निर्णय गर्न नसक्ने भएकोले नै सरकारले उनीहरुलाई प्रयोग गरिरहेको आरोप लगाए ।
उनले सत्तारुढ दल कांग्रेस र माओवादी केन्द्रको नियत नै खराब रहेको समेत टिप्पणी गरे ।

salt training

कमेन्ट गर्नुहोस्