इरान : मृत्युदण्ड पाउनुअघि हृदयघातका कारण महिलाको मृत्यु, जल्लादले झुण्ड्याए शव

इरानमा हत्याकी दोषी एक महिलालाई मृत्युदण्ड दिन लागिएको बेलामा हृदयघात भएर उनको मृत्यु भएको छ । 

मृत्यु भएकी महिलाको शवलाई नै फाँसीमा झुण्ड्याइएको छ । पीडितकी आमाले फाँसीको लागि राखिने कुर्सीमा लात हान्न पाउने अधिकार भएकाले त्यसको उपयोग गर्न लाशलाई झुण्ड्याइएको उनका वकिलले बताए । 


Advertisement

मृत्युदण्ड पाएकी महिलाको नाम जाहरा इस्माइली हो र उनलाई आफ्ना पतिको हत्यामा दोषी पाइएको थियो । पति गुप्तचर अधिकारी थिए र उनले पत्नी तथा छोरीमाथि दमन र दुर्व्यवहार गर्ने गरेको आरोप थियो । 
 

इस्माइलीका वकिल ओमिद मोरादीले उनलाई १६ जना पुरुषपछि फाँसी दिनका लागि लाइनमा उभ्याइएको र उनीहरू झुण्डेको हेर्न बाध्य बनाइएको बताए । 


Advertisement

त्यति धेरै मानिस झुण्डिएको हेर्दा इस्माइलीलाई हृदयघात भएको थियो र उनी बितेकी थिइन् । तर पीडितकी आमाले कुर्सीमा लात हान्न पाऊन् भनी जल्लादहरूले उनलाई फाँसीको तखतामा लगेर झुण्ड्याएका थिए । 
 

शरिया कानूनमा किसास अर्थात् बदलाको अवधारणा छ जसले पीडितको परिवारलाई अपराधको बदला लिने मौका दिन्छ । 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्