२९ असार २०८३, सोमबार

बेलायतका लागि नेपाली राजदूत रेग्मीले गरे पदबहाली

फागुन १८, २०७७
बेलायतका लागि नेपाली राजदूत रेग्मीले गरे पदबहाली

बेलायतका लागि नवनियुक्त नेपाली राजदूत लोकदर्शन रेग्मीले सोमवारदेखि आफ्नो पदबहाली गरेका छन् ।

हालै ४ वर्षे कार्यकाल सकेर नेपाल फर्केका निवर्तमान राजदूत दुर्गाबहादुर सुवेदीका ठाउँमा आएका रेग्मी संयुक्त अधिराज्यका लागि २१ औं राजदूत हुन् ।

रेग्मी सन् १९९५ मा शाखा अधिकृतका रूपमा निजामती सेवामा प्रवेश गरी सन् २००२ मा वन मन्त्रालयमा उपसचिव, सन् २००६ मा अर्थ मन्त्रालयमा सहसचिव, सन् २०१४ मा भूमिसुधार मन्त्रालयमा सचिव र सन् २०१७ मा मुख्यसचिव भएका थिए ।

सोमवार मात्र लण्डन आइपुगेका रेग्मीले सोही दिन नै कार्यभार सम्हालेका हुन् ।

उनलाई लण्डनको हिथ्रो विमानस्थलमा राजदूतावासका तर्फबाट सैनिक सहचारी,  कर्मचारी लगायतले स्वागत गरेको दूतावासका प्रवक्ता एवं उपनियोग प्रमुख रोशन खनालले जानकारी दिए । – कृष्णप्रसाद शर्मा/रासस

salt training

कमेन्ट गर्नुहोस्