×

NMB BANK
NIC ASIA

सांसदहरूलाई कोरोना खोप अनिवार्य, पुनःस्थापनापछि संसद बैठकको तयारी

फागुन १९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

प्रतिनिधि सभाका सांसदहरूले अनिवार्यरूपमा कोरोना भाइरसविरुद्धको खोप लगाउनुपर्ने भएको छ ।

Muktinath Bank

फागुन २३ गते बस्ने प्रतिनिधि सभाको बैठकमा प्रवेश गर्नुअघि सांसदहरूले अनिवार्यरूपमा कोरोना विरुद्धको खोप लगाउनुपर्ने भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सांसदलाई फागुन १९, २० र २१ गते सिभिल अस्पतालमा खोप लगाउने कार्यक्रम तय गरिएको छ । प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाले बुधवार कोरोना भाइरस विरुद्धको खोप लगाउने उनका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले बताए ।


Advertisment
Nabil box
Kumari

प्रतिनिधिसभामा २७५ सदस्य रहे पनि हाल २६९ जना मात्र सांसद रहेका छन् । सभामुख सापकोटाको मतदानमा सहभागी नहुने र नेकपाका सांसद सानु सिवाको मृत्यु भएको छ ।

Vianet communication
Laxmi Bank

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका २ जना र जनता समाजवादी पार्टीका २ जना सांसद निलम्बनमा परेका छन् । 

माघ १४ गतेबाट नेपालमा कोरोना भाइरस विरुद्धको खोप लगाउन शुरू गरेको १ महिनापछि सांसदहरूले खोप लगाउने भएका छन् । नेपालमा हालसम्म ४ लाख २९ हजार जनाले कोरोना विरुद्धको खोप लगाइसकेका छन् ।

नागरिकहरूले कोरोना विरुद्धको खोप लगाइरहे पनि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरूले भने अझै कोरोनाविरुद्धको खोप लगाएका छैनन् ।

यसअघि कोरोनाको कारण संसद् बैठकमा प्रवेश गर्नका लागि संसद् सचिवालयले सांसदहरुले अनिवार्यरूपमा पीसीआर परीक्षण गरेर मात्र प्रवेश गराएको थियो । यसपटक भने खोप लगाएर मात्र प्रवेश गर्न दिने प्रावधान बनाएको छ ।

संसद् सचिवालयका अनुसार सांसद, संसद् सचिवालयका कर्मचारी र मर्यादापालकका लागि खोप अनिवार्यरूपमा लगाउनुपर्ने बताएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले फागुन २३ गते बस्ने प्रतिनिधि सभाको बैठकअघि विभिन्न दलका नेता र कार्यव्यवस्था परामर्श समितिमा छलफल गर्नुहुने भएको छ । संसद् बैठको मिति नजिकिँदै जाँदा सभामुखको सक्रियता पनि बढेको छ ।

उनले मंगलवार प्रतिनिधि सभाको बैठक कक्षको तयारीको अवस्थाबारे अवलोकन गरेका छन् । संसद् भवन नयाँबानेश्वरको अवलोकनपछि सभामुख सापकोटाले सम्बद्ध सबै पक्षसँग छलफल गरेर बैठकलाई अगाडि बढाउने बताए ।

‘सर्वोच्चको फैसला खुशी र गौरवको विषय भएको हो, संसद् अधिवेशनलाई स्वभाविक लयमा सञ्चालन गरिन्छ,’ उनले भने, ‘केही समय संसद् अवरुद्ध भएकाले खल्लो महसूस भए पनि अहिले सबैमा उत्साह जागेको छ ।’

राजनीतिकरूपमा २ धारमा नेकपा विभाजन भए पनि कानूनीरूपमा अझै पनि निर्वाचन आयोगले आधिकारिकता नदिँदा प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओली पक्षीय नेकपा र प्रचण्ड–नेपालपक्ष नेकपाबीच टकराब हुने देखिएको छ । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x