बढ्यो सुनको मूल्य, कति छ आज ?

साताको पहिलो दिन आइतवार सुनको मूल्यमा वृद्धि भएको छ ।

आइतवार छापावाल सुन प्रति तोला ८६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 


Advertisement

अघिल्लो दिन (शुक्रवार) यस्तो सुन प्रति तोला ८५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । 

यस दिन तेजाबी सुन प्रति तोला ८५ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन यस्तो सुन प्रति तोला ८५ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो । 


Advertisement

महासंघका अनुसार, आइतवार चाँदीको मूल्य भने स्थिर रहेको छ ।

यस दिन चाँदी प्रति तोला १ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन पनि चाँदीको मूल्य यही नै कायम भएको थियो । 
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्