कात्तिक २०, २०८०
इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ । यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...
बैतडीको दशरथचन्द नगरपालिकामा जारी चौथो संस्करणको मेयर कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधिका लागि वडा नम्बर ५ दशरथचन्द र वडा नम्बर ४ खलङ्गा भिड्ने भएका छन् ।
सोमवार सम्पन्न सेमिफाइनमा वडा नम्बर ८ त्रिपुरालाई ५२ रनले पराजित गर्दै दशरथचन्द फाइनलमा प्रवेश गरेको हो ।
वडा नम्बर १० बाराकोटलाई २६ रनले स्तब्ध पार्दै खलङ्गा उपाधि नजिक पुगेको हो । दशरथचन्द खेल मैदानमा दशरथचन्दले दिएको १५३ रनको लक्ष्य पछ्याएको त्रिपुराले १०४ रन मात्रै बनाउन सक्यो ।
उसका लागि सञ्जय धामीले सर्वाधिक २९ रनको योगदान गरे पनि हार टार्न सकेन । दशरथचन्दका भोज चन्द, रविन चन्द र राजेन्द्र भट्टले समान २/२ विकेट लिए ।
त्यसअघि पहिला ब्याटिङ गरेको दशरथचन्दले ८ विकेटको क्षतिमा १५२ रन बनायो । आकाश रावलले अविजित ५२ रनको पारी खेले । त्रिपुराका सन्तोस चन्द र जगदीश मौनीले ३/३ विकेट झारे । दशरथचन्दका लागि अर्धशतकीय पारी खेलेका आकाश चन्द म्यान अफ द म्याच चुनिए ।
अर्को खेलमा खलङ्गाले दिएको १३५ रनको लक्ष्य पछ्याएको त्रिपुराले १०८ रन मात्रै बनाउन सक्यो । त्रिपुराका लागि प्रकाश बुडालले ४८ रन जोडे । खलङ्गाका विक्रम चन्द र प्रदीप चन्दले २/२ विकेट हात पारे । त्यसअघि खलङ्गाले ४ विकेटको क्षतिमा १३४ रन बनाएको थियो । उसका लागि लोकेश चन्दले नटआउट ५५ रन हिर्काए । बाराकोटका दिनेश बुडालले २ विकेट लिए । लोकेश म्यान अफ द म्याच घोषित भए ।
सोमवार विजेता दुवै टोलीबीचको भिडन्त मंगलवार सोही मैदानमा हुनेछ । विजेताले ७५ हजार र उपविजेताले ५० हजार रुपैयाँ हात पार्नेछन् ।
दशरथचन्द नगरपालिकाको सहयोग र नगर क्रिकेट समितिको आयोजना सञ्चालित प्रतियोगितामा ११ टोली सहभागी थिए ।
इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ । यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...
आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ । अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...
यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो । सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...
चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...
कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...
फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...