१४ असार २०८३, आइतबार

सोचमग्न बुद्धका रूपमा डोनल्ड ट्रम्पको प्रतिमा !

फागुन २८, २०७७
सोचमग्न बुद्धका रूपमा डोनल्ड ट्रम्पको प्रतिमा !

अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्प सौम्य र शान्त व्यवहारका लागि चिनिँदैनन् तर चीनका फर्निचर निर्माताले उनलाई बुद्धको जस्तो शान्त र सोचमग्न रूपमा प्रस्तुत गरेका छन् । 

ट्रम्प बुद्ध प्रतिमा चीनको ई–कमर्स प्ल्याटफर्म ताओबाओमा राखिएको छ र मूल्य ९९९ युआन तोकिएको छ । यो सानो प्रतिमा १६ सेन्टीमिटर अग्लो छ ।

अर्को ठूलो प्रतिमा ४६ सेन्टीमिटर अग्लो छ र त्यो ३ हजार ९९९ युआन पर्छ । 

ट्रम्पले काखमा हात राखेको, बूढी औंला माथि फर्काएको प्रतिमा हो । बौद्ध कलाको यो पोजले ध्यान र निदिध्यासनको संकेत दिन्छ । 

गत जनवरीमा ह्वाइट हाउस छोडेपछि उनले ध्यान गरेर बस्ने मौका पाएका छन् । 

चीनको सरकारी मुखपत्र ग्लोबल टाइम्सले यस प्रतिमाका विषयमा पहिलोपटक खबर गरेको थियो । फुजियान प्रान्तमा रहेको सियामनमा बस्ने बिक्रेताले यो प्रतिमालाई यस्तो नाराका साथ बेचेका छन् : आफ्नो कम्पनीलाई पुनः महान् बनाउनुस् । 

अहिलेसम्म १०० वटा प्रतिमा बनाएकोमा दर्जनौ बिकिसकेको बिक्रेता बताउँछन् । 

प्रतिमा किन्ने एक व्यक्तिले बढी ट्रम्प नबन्नु भन्ने स्मरण यसले दिने बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्