
नेकपा एमालेको संसदीय दलकी सचेतक शान्ता चौधरीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ घातक खेलाडी भएको टिप्पणी गरेकी छन् ।
उनले शनिवार एक ट्वीट गर्दै माधव नेपाललाई पनि घातक खेलाडीको साथ भएको बताएकी छन् ।
उनले प्रचण्डले नेपाललाई आफ्नो खेताला जसरी प्रस्तुत गरिरहेको र शंका बढाउने काम गरिरहेको भन्दै उनले एमालेमाथि धावा बोल्दा चुप लाग्न नहुने बताएकी छन् ।
उनले भनेकी छन्,
आदरणीय माधब कमरेड तपाई घातक खेलाडी को साथमा हुनु हुन्छा जुन कुरा तपाईंलाई हामीले बारम्बार सुझाएका छौँ कमरेड प्रचण्डको तपाइँ लाइ आफ्नो खेताला जसरि गर्नु भएको प्रस्तुतिले शंका बढाउने र तपाईंलाई झन समस्यामा पार्ने अवस्था बन्दै जानेछ एमाले माथि एस्तो धावा बोल्दा किन चुप बस्नु हुन्छ
— Shanta Chaudhary (@shantadangnepal) March 13, 2021