×

NMB BANK
NIC ASIA

गएको फागुन ९ गते रूपन्देहीको मायादेवी गाउँपालिका– ३ की प्रेमा यादव गोठमा गाईवस्तुलाई घाँस हालिरहेकी थिइन् । नन्द र सासुलाई साँझको छाकका लागि साग टिप्न बारीमा पठाइन् । 

Muktinath Bank

घर पुगेपछि नन्दले घ्यारघ्यार आवाज आएको सुनिन् । चिच्याउँदै आमालाई बोलाइन् । झ्यालबाट भित्र हेर्दा पंखामा प्रेमा र छोरी झुन्डिएको उनीहरूले देखे । जसोतसो भित्रबाट बन्द ढोका खोलेर नन्द र सासुले प्रेमा र बालिकालाई डोरीबाट फुकाले । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनीहरूले घटना सम्बन्धमा प्रहरीलाई खबर गर्न छाडेर बच्चीको शव नजिकैको खोलामा लगेर गाडिदिए । त्यसपश्चात मात्रै प्रहरीले घटनाबारे थाहा पाएको थियो । प्रहरीले घटनास्थल पुगी शंकास्पद स्थानमा खनेर हेर्दा बच्चीको शवमाथि केही पैसा चढाएर पुरिएको रहेछ । 


Advertisment
Nabil box
Kumari

प्रेमाले आफ्नै छोरीको हत्या गरिन् । उनका  परिवारले उनलाई दोषी मानेर प्रहरीलाई खबर गर्नुको साटो बच्चीको शव सुटुक्क लगी गाडिदियो । घटना लुकाउन परिवार नै संलग्न भएपछि प्रहरीले हत्या अभियोगमा प्रेमासहित उनका घरका अन्य सदस्यलाई समेत नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले बताए ।

Vianet communication

प्रहरीले अनुसन्धान बढाउदै जाँदा प्रेमाले गर्भवती भएको ७ महिनामा बच्चीलाई जन्म दिएकी थिइन् । बच्चा सातै महिनामा कसरी जन्मियो भन्ने जिज्ञासा गाउँले र आफन्तलाई रहिरहेको थियो । 

तर, बाहिर बोल्ने र सोधपुछ गर्ने प्रयास कसैले गरेका रहेनछन् । आफन्त र गाउँलेका अनुसार प्रेमा राम्री थिइन् । परिवारमा सधैँ माया पाइरहेकी प्रेमाले केही महिनाअघि फोनमा अर्का पुरुषसँग कुराकानी गरेको श्रीमान राजकुमारले थाहा पाए । 

उनको कुराकानीमा प्रेमाका साथी (प्रेमी)ले बच्ची आफ्नो भएको बताइरहेका थिए । त्यसपछि परिवारको इज्जतको डरले श्रीमानले कुरा दबाए । 

‘उनीहरूका कुरा सुन्दा प्रेमाले प्रेमीसँग जानका लागि छोरीको हत्या गरी आफू बाँचेर जाने योजना बनाएको देखिन्छ । प्रेमीले दुईजना मात्र भाग्न मिल्ने बताएकाले छोरीको हत्या गरेको हुन सक्छ,’ डीएसपी थापाले भने ।

***

रुपन्देहीकै लुम्बिनी सांस्कृतिक नगरपालिका– १३ कालिदहमा पुस १ गते राति करीब २१ वर्षीय सम्झना चाई घरमै जलेर आत्मदाह गरेको सूचना प्रहरीले पायो ।

प्रहरीलाई घटनामा केही आशंका लागेसँगै विभिन्न कोणबाट अनुसन्धान गर्न मृतकका श्रीमान् मुकेशलाई पक्राउ गरी अनुसन्धान थाल्यो ।

क्राइम सीन हेर्दा मृतकले आत्मदाह गरेको नभई हत्या भएको हुनसक्ने देखिएको थियो । उत्तानो अवस्थामा माथिको भाग मात्र जलेको, पोस्टमार्टममा पनि भित्री भागमा धुवाँ नगएको देखेपछि केही कारणले हत्या भएको पुष्टि गरे ।

तर, के कारणले हत्या भयो भन्नेबारे अनुसन्धान गर्दै जाँदा उनकै श्रीमान् मुकेशले दाइजोको लोभमा हत्या गरेको रहस्य खुल्यो ।

दाइजोका कारण हत्या भएको दाबी सहित माइती पक्षले इलाका प्रहरी कार्यालय लुम्बिनीमा जाहेरी दिएपछि घटनाले नयाँ मोड लिएको थियो ।

एक वर्षअघि उनीहरूबीच प्रेम विवाह भएको थियो । विवाह भएको ७ महिनामै जन्मिएको बालकको मृत्यु भएपछि उनीहरूबीच बच्चा र दाइजोको विषयलाई लिएर विवाद भउकाले श्रीमान्ले हत्या गरेको अनुसन्धानमा देखियो ।

चाईलाई प्रहरीले नियन्त्रणमा लिई ज्यानसम्बन्धी मुद्दा चलाइरहेको छ । 

श्रीमानले कोठाभित्र गई श्रीमतीलाई घाँटी बेरेर मारेको र बेडमै आगो लगाई भित्रबाट चुकुल बन्द गरी भेन्टिलेसनबाट बाहिर बासको सिँढी बनाई निस्केको स्वीकारेका छन् । 

***

रुपन्देहीकै गैडहवा गाउँपालिका वडा नम्बर ६ का २६ का दिनेश लोधको शव पुस १७ गते नजिकै गुलरिया सडकको पेटीनजिक फेला पर्‍यो । 

प्रहरीले लामो समय लगाएर अनुसन्धान गरेपछि घटनामा लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ७ का रामवरण यादवको संलग्नता रहेको पुष्टि भयो ।

आफ्नी श्रीमतीसँग दिनेशले यौन सम्बन्ध राखेको थाहा पाएपछि हत्या गरेको यादवले प्रहरीसमक्ष स्वीकार गरेका छन् ।

इलाका प्रहरी कार्यालय लुम्बिनीका निरीक्षक रवीन्द्र महतले घटनास्थलबाट उठाइएको प्रमाण, प्राविधिक पक्षको विश्लेषण लगायत अन्य अनुसन्धानबाट लोधको हत्या रामवरण यादवबाटै भएको खुल्न आएको बताए । 
...
ऋण मिनाहासहित बीमा रकम भुक्तानीको लोभमा रुपन्देहीको पतिजियामा भाइसँग मिलेर एक व्यक्तिले श्रीमतीको हत्या गरे । 

हत्यालाई दुर्घटना भन्दै प्रहरीमा सुचना दिने मृतकका श्रीमान् र देवरलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले हत्याको आरोपमा अभियुक्तलाई सार्वजनिक गर्‍यो । 

दुईसाता अगाडि मात्रै जिल्लाको कोटहीमाई गाउँपालिका–१ पतिजियामा भएको सवारी दुर्घटनामा परी मृत्यु भएको भनिएको घटना योजनासहित हत्या भएको प्रहरी अनुसन्धानबाट पत्ता लाग्यो ।

सिपवास्थित झुलनीपुरदेखि मर्चवार जाने सडकमा पिकअपको ठक्करबाट महिलालाई ठक्कर दिई ब्याक गरेर पटकपटक गाडी चढाई महिला शक्त घाइते भएको अवस्थामा छ भन्ने सूचना इलाका प्रहरी कार्यालयले पाउनासाथ घटनाको अनुसन्धान शुरू गर्‍यो ।

मृतकका श्रीमान् शैलेशकुमार लोधले आफू छोरासहित मोटरसाइकलमा गइरहेको र नजिकै २ जना सवार अर्को मोटरसाइकल पनि रहेको भनी श्रीमान्ले सूचना दिएका थिए ।

जाहेरीमा लुटपाट भन्ने देखाए पनि श्रीमान्ले नै योजनाबद्ध रूपमा श्रीमतीको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीले आवश्यक अनुसन्धानका लागि प्रारम्भिक चरणमा सवारी साधान र चालकलाई नियन्त्रणमा लिएपनि आवश्यक सोधपुछ र सवारी परीक्षणले दुवै अवस्था घटनास्थलमा नभएकाले दुर्घटना नभई हत्या भएको हुन सक्ने आंकलन प्रहरीले गरेको थियो । 

घटनालाई प्रहरीले दोस्रो चरणबाट अनुसन्धान गर्न श्रीमान् र घर परिवारलाई निगरानी र शंकास्पद व्यवहारले उनीहरूको संलग्नता रहेको पुष्टि गर्‍यो । 

अनुसन्धानबाट परिवारमा नै शंका भएपछि घटना भएको तेस्रो दिन अभियुक्त मृतकका पति शैलेशकुमार लोध र देवर राजेशकुमार लोधलाई प्रहरीले नियन्त्रणमा लिई ज्यानसम्बन्धी मुद्दा चलाइरहेको छ । 

मृतकको नाममा रहेको ऋण फिर्ता हुने र भारत तथा नेपालबाट करीब ४० लाखको बिमा रकम मृत्यु भएपछि पाउने लोभका कारण योजनाबद्ध रूपमा आफ्नो भारतीय कारले किचेर ज्यान लिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

पैसाको लोभमा भाइले चलाएको गाडीबाट दाजुभाइ मिली हत्या गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक प्रवीण पोखरेलले जानकारी दिए ।

रुपन्देहीमा पछिल्लो सात महिनामा ७ वटा हत्याका घटना भएका छन् । अधिकांश सम्पत्ति तथा आर्थिक लोभका लागि आफन्तबाटै भएको अनुसन्धानबाट खुलेको डीएसपी थापा बताउँछन् ।  

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x