जेठ १६, २०८०
नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूलाई नेपालको संसदीय अभ्यासमा अनुभवी र अभिभावकीय छवि बनाउन सफल भएका छन् । तत्कालीन संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङले संविधानसभासहित छ पटक व्यवस्थापिका&nd...
चैत १७, २०७७
सत्ता समीकरणमा निर्णायक बनेको जनता समाजवादी पार्टी (जसपा)ले भावी सत्ता समीकरणका विषयमा निर्णय लिन सकिरहेको छैन ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई समर्थन दिने कि कांग्रेस र माओवादी केन्द्रसहितको सम्भावित गठबन्धनमा लाग्ने भन्नेमा जसपामा दुई धार देखिँदै आएको छ । त्यसैको परिणाम स्वरूप शीर्ष नेताहरूकै फरक-फरक अभिव्यक्त सार्वजनिक हुँदै आएको थियो ।
तर, अब भने पार्टीमा एकमतको स्थिति बनेको दाबी जसपा नेतालक्ष्मणलाल कर्णले गरेका छन् ।
केपी ओलीको नेतृत्वसँग कुनै पनि हालतमा सहकार्य गर्न नसकिने भनेर जसपाका अध्यक्ष उपेन्द्र यादवले भनेको कुरा पुरानो भइसकेको दाबी लोकान्तरसँगको अन्तर्वार्तामा कर्णले गरे ।
जसपाका नेता कर्णसँग लोकान्तरकर्मी अजय अनुरागीले कुराकानी गरेका छन् ।
प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :
प्रधानमन्त्री केपी शर्मा ओली र सरकारी कार्यदलसँग तपाईंहरूको वार्ता के-कस्ता विषयमा भइरहेका छन् ? वार्ताबाट केही नतिजा निस्किएको छ कि छैन ?
वार्ताको मूल एजेण्डा भनेको हामीमाथि आन्दोलनका समयदेखि केही दायित्व छन् । धेरैजसो आन्दोलनकारीहरू अहिले पनि थुनामा छन् । केही जेलमा कैदीबन्दी अवस्थामा छन् । सयौं कार्यकर्तामाथि झुठा मुद्दा लगाइएका छन् । उनीहरूको रिहाइ, संविधान संशोधन र नागरिकता विधेयक पास गराउने हाम्रो मुख्य माग हो । त्यही कुरा हामीले अहिलेको सरकारलाई वार्ताका क्रममा राख्ने गरेका छौं । हामीले ती सबै माग राख्दा सरकारका तर्फबाट प्रतिबद्धता आउने गरेको छ । तर, काम अहिले पूरा भएको छैन । काम पूरा हुने प्रतीक्षामा हामी बसेका छौं ।
अहिलेसम्म कतिपटक औपचारिक वा अनौपचारिक वार्ता भइसक्यो ?
वार्ता मूल रूपमा ६ पटक भएको छ । प्रधानमन्त्रीजीसँग दुईपटक र सरकारी वार्ता टोलीसँग चारपटक भएको छ । त्यसमा हाम्रो अडान यही हो कि काम गरेर देखाउनुस् । काम नभइकन हामी केही पनि गर्दैनौं । हामीबीच अनौपचारिक वार्ता हुँदैन जे हुन्छ औपचारिक नै हुने गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले तपाईंहरूलाई पनि केही न केही प्रस्ताव गर्नुभयो होला नि !
उहाँहरूको प्रस्ताव र प्रतिबद्धता पनि के छ भने हामी काम गर्छौं, तपाईंहरूले हामीलाई साथ दिनुस् । हाम्रो जवाफ के हुन्छ भने कामविना हामी साथ दिन्नौं । काम भएको देखाउनुस्, त्यसपछि साथ दिन्छौं । काम नभइकन हामी कसैको समर्थन गर्नेवाला छैनौं ।
सरकारले साथ दिनुस् भन्नुको अर्थ के हो ?
साथ भन्नाले सरकारलाई सहयोग गर्ने कुरा हो । सरकारलाई समर्थन गरेर होस् वा सत्तामा आएर सहकार्य गरेर होस् वा जे गरेर हुन्छ त्यसरी साथ दिनुस् भनेर प्रधानमन्त्रीजीले भन्नुभएको छ ।
बाहिर त सत्ता सहकार्य गर्न जसपा तयार भएको तथा मन्त्रालय बाँडफाँडमा कुरा नमिलेका कारण सहमतिले अन्तिम रूप पाउन नसकेको चर्चा छ नि !
बाहिर त मानिसले जे पनि हल्ला गर्छन् । सत्ताको विषयमा हालसम्म हामीबीच कुनै कुरा नै भएको छैन ।
मुद्दा कति जनालाई लागेको छ? लिस्ट त बुझाउनुभयो होला नि !
लिस्ट गृहमन्त्रालय र महान्यायाधिवक्ताको कार्यालयमा छ । अधिकांश मुद्दा अदालतमा फैसला भइसकेको छ, किनभने मुद्दा लागेको ५ वर्ष भयो । त्यस अवधिमा धेरैजसो मुद्दाको फैसला भइसकेको छ । २० देखि २५ वटा मुद्दा अहिले पनि फैसला हुन बाँकी छ । ती मुद्दाहरू अहिले पनि जिल्ला अदालतहरूमा विचाराधीन अवस्थामा छन् । भएका फैसलाहरू मध्ये कतिपयलाई कैद छन् त कतिपयलाई जरिवाना गरिएको छ ।
सरकारले मुद्दा फिर्ताका लागि नयाँ निर्देशिका नै बनाउन लागेको भन्ने कुरा आएको छ, तपाईंहरूको जानकारीमा छ?
के बनाउँदैछ त्यो सरकारलाई थाहा होला । हाम्रो भनाई गरेर देखाओस् भन्ने नै हो ।
नागरिकता विधेयकमा के कुरा मिलेको छैन?
नागरिकता विधेयकमा हाम्रो जे नोट अफ डिसेन्ट छ त्यही अनुरुप नागरिकता विधेयकलाई अगाडि बढाउनुस् भनेर हामीले भनेका छौं । संसद्मा पेश गराउनुस् । हाम्रो नोट अफ डिसेन्टलाई स्वीकार गरेर नागरिकता विधेयक संसद्मा पेश गरेर पारित गरोस् भन्ने हाम्रो माग हो ।
ती मागमा सरकारको कस्तो प्रतिक्रिया छ ?
सबै मागमा सरकार सकारात्मक छ ।
कहिलेसम्म ती सबै माग पूरा हुन्छ त ?
हामीले सरकारलाई कुनै टाइमलाइन दिएका छैनौं । हामीलाई त्यति हतार पनि छैन । यति दिनभित्रमा भएन भने हामी यसो गर्छौं वा उसो गर्छौं भनेर भनेका छैनौं । चाँडै गरेर देखाउनुस् । काम हुन्छ भने हाम्रो सहयोग हुन्छ । जसले हाम्रो काम गर्छ उसलाई हाम्रो सहयोग हुन्छ ।
जसपाका अध्यक्ष उपेन्द्र यादवले पटक-पटक कुनै पनि हालतमा ओलीसँग सहकार्य हुँदैन भन्नुभएको छ नि !
त्यो धेरै पुरानो कुरा हो । पछिल्लो दुई/चार दिनभित्रमा उहाँले त्यस्तो कुरा बोल्नुभएको कहीँ कतै सुन्नुभएन होला । त्यो पुरानो कुरा हो । अहिले अब त्यस्तो कुरा आएको छैन । हाम्रो पार्टीले जे निर्णय गर्छ, सर्वसम्मत नै निर्णय हुन्छ । अब कुनै मतभेद छैन ।
सत्ता साझेदारीको सवालमा हामीले त अहिलेसम्म सत्ताको 'स' पनि उच्चारण गरेका छैनौं । काम पूरा गरेपछि साथ दिने भनेका छौं । त्यो नभए साथ पनि दिन्नौं ।
यति औपचारिक, अनौपचारिक कुराकानी भइरहेको अवस्थामा कुनै न कुनै नतिजा त निस्कियो होला नि !
अहिलेसम्म केही नतिजा निस्किएको छैन । प्रतिबद्धता बाहेक कुनै नतिजा आएको छैन ।
सरकारले मुद्दा फिर्तासहित अन्य मागका लागि आन्तरिक रूपमा केही न केही प्रक्रिया अगाडि बढाएको होला नि ! सरकारले केही जानकारी गराएको छैन ?
प्रक्रिया बढाएर हुँदैन । कामले मात्र हुन्छ । हामीले काम नै गरेर देखाउनुस् भनेका छौं ।
संविधान संशोधनको माग त यो सरकारले मात्र पूरा गर्न सक्दैन, दुईतिहाइ चाहिन्छ । यो विषयमा सहमति कसरी हुन्छ ?
अहिले हामीले के भनेका छौं भने एमाले र जसपा दुई पार्टी मिलेर एउटा कार्यदल बनाऔं । संविधानमा कुन-कुन बुँदामा के कस्तो संशोधन, परिमार्जन गर्नुपर्छ त्यो कुराको प्रतिवेदन ल्याऊँ । त्यसपछि दुई तिहाइका लागि अन्य पार्टीसँग पनि कुरा गरौंला । पहिले त जसले प्रस्ताव राख्ने हो त्यो बीचमा सहमति हुनुपर्यो । अहिलेसम्म त्यही भएको छैन भने अन्य पार्टीसँग के प्रस्ताव राख्ने ?
सरकारका तर्फबाट ३ सदस्यीय कार्यदल छ भने तपाईंहरूको २ सदस्य मात्र रहेको अवस्था छ । कार्यदलले नै किन पूर्णता पाउन सकेन ?
कार्यदल पूरा नभए पनि काम त भइरहेको छ ।
कार्यदलले पूर्णता नपाउँदा जसपा विभाजित नै रहेको भन्ने सन्देश बाहिर गइरहेको छ नि ?
बाहिर त के-के सन्देश जान्छ त्यसको कुरा नगरौं, भित्र के भइरहेको छ त्यसमा ध्यान दिनुपर्छ । कम त भई नै रहेको छ नि ! काम त रोकिएको छैन नि !
अब अर्को वार्ता कहिले होला?
कहिले हुने हो त्यसको मिति तोकिएको छैन । आज पनि हुन सक्छ, भोलि पनि हुन सक्छ ।
पछिल्लो पटकको वार्तामा केही न केही लिखित सहमति नै हुन्छ भन्ने कुरा गरिएको थियो । तर किन सहमति हुन सकेन?
हामी लिखित सहमतिमा अब विश्वास गर्दैनौं । २०४८ सालदेखि नै लिखित डकुमेन्ट गराउँदा गराउँदै थाकिसक्यौँ । हाम्रो विश्वास अब काममा मात्र छ । मुद्दा फिर्ता, नागरिकता विधेयक संशोधनसहित पारित र संविधान संशोधनको मुद्दा पूरा भए मात्र कसैसँग सहकार्य हुन सक्छ । त्यो नै हाम्रो पार्टीको बटमलाइन हो ।
अर्कातर्फ पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवासँग पनि कुराकानी गरिरहनुभएको छ । उताबाट के प्रस्ताव आइरहेको छ?
उताबाट पनि कुराकानी भएको छ । सबैले हामीसँग सहकार्य गर्नुस्, माग पूरा गर्छौं भन्छन्, तर माग पूरा कसैले गरेको छैन ।
कहिलेसम्म यो वार्ता चल्ने हो ? नतिजा कहिले आउने हो त ?
मैले अघि नै भनिसकेँ हामीले दिन तोकेका छैनौं, यो सरकारमा भर पर्ने कुरा हो । सरकारलाई हाम्रो सहयोग चाहिएको छ । जति छिटो माग पूरा हुन्छ त्यति छिटो सरकारले जसपाको सहयोग पाउँछ ।
तपाईंहरूले गरेको निर्णय उपेन्द्र यादवले मान्नुहुन्छ त ?
जुन निर्णय हुन्छ त्यो सर्वसम्मतिले नै हुन्छ । उहाँले निर्णय नमान्ने कुरा नै हुँदैन ।
जसपा पार्टी फुट्ला भन्ने कुरा पनि आइरहेको छ, त्यसमा कति सत्यता छ?
त्यो कल्पना मानिसले गरिरहेका छन् कि पार्टी फुटोस् । त्यो कल्पना कहिल्यै साकार हुँदैन ।
नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूलाई नेपालको संसदीय अभ्यासमा अनुभवी र अभिभावकीय छवि बनाउन सफल भएका छन् । तत्कालीन संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङले संविधानसभासहित छ पटक व्यवस्थापिका&nd...
बुधवार उच्च अदालत विराटनगर पुग्दा धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङ एक वकिलसहित भेटिए । मुद्दाको पेशी भएकाले उनी आफैं उपस्थित भएका रहेछन् । धरान खानेपानी विकास बोर्डको बैठक नबोलाएको भन्दै सा...
नेपाली कांग्रेसबाट धोका भएको र गठबन्धन सम्बन्धमा पुनर्विचार गर्नुपर्ने अवस्था आउन सक्ने प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले राजनीति तरंगित छ । माओवादीको विधा...
प्राध्यापक डा. जयराज आचार्यले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण फलदायी नभएको टिप्पणी गरेका छन् । देशको प्राथमिकतालाई पहिचान गर्न नसक्दा प्रधानमन्त्री चुकेको उनको टिप्पणी छ । ‘हा...
बुटवल विकासका दृष्टिले काठमाडौंपछिका प्रमुख शहरमध्ये एक मानिन्छ । बुटवल धेरै क्षेत्रमा देशलाई नेतृत्वदायी भूमिका खेल्ने शहर पनि हो । २०७९ मा भएको स्थानीय तहको निर्वाचनपछि बुटवल उपमहानगरपालिकामा दोस्रो कार्यकाल...
बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म मध्यपहाडी यात्रा सकेर नेकपा एमालेको नेतृत्व काठमाडौं फर्किएको छ । संसद्को प्रमुख प्रतिपक्षी दल एमालेको नेतृत्वले मध्यपहाडी यात्राका दौरान सरकारको चर्को आलोचना गरेक...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...