पश्चिम बंगाल विधानसभा निर्वाचनको तेस्रो चरणको मतदान मंगलवार भइरहेको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले कूचविहारमा चुनावी सभालाई सम्बोधन पनि गरेका छन् । यसक्रममा उनले बंगालमा भारतीय जनता पार्टी स्पष्ट बहुमतका साथ सरकार बनाउन लागेको दाबी गरे ।
मोदीले बंगालकी मुख्यमन्त्री तथा तृणमूल कांग्रेसकी अध्यक्ष ममता बनर्जीलाई भने, ‘मुसलमानहरूलाई एकजुट हुन तपाईंले गरेको अपीलबाट हताशा प्रकट हुन्छ । मुसलमानहरू पनि तपाईंबाट टाढिएको यसबाट स्पष्ट हुन्छ । हामी
हिन्दूहरू एक होऔं भनेको भए के हुन्थ्यो ? अहिलेसम्म हामीलाई बाँकी राख्दैनथिए ।’
दुई वर्षअघि तृणमूलले यहाँ चुनावी सभा बिथोलेको तर अहिले त्यो पार्टी कतै नदेखिएको पनि मोदीले बताए ।
उनले भने, ‘मे २ मा भाजपाको सरकार बंगालमा बनेपछि विकासको अभियान थप तीव्र हुनेछ । अघिल्ला दुई चरणका मतदानमा दीदी सत्ताबाट हट्ने निश्चित भइसकेको छ । बंगालमा भाजपाको लहर चलिरहेको छ । यसले दीदीका
गुण्डाहरू अनि दीदीको भयलाई किनारामा पुर्याइदिएको छ । जनता जनार्दनको अनुहार हेरेरै थाहा पाइन्छ, हावा कतातिर चलिरहेको छ भनेर ।’
मोदीले थपे, ‘हालै तपाईंले सबै मुसलमानहरूलाई एक हुन भन्नुभयो, भोट नबाँडियोस् भन्नुभयो । यसको अर्थ हुन्छ, मुस्लिम भोटबैंक तपाईंको हातबाट खुस्कियो ।’