
विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको भावी रणनीति बनाउन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आइतवार दिउँसो बस्ने भएको छ ।
पार्टी कार्यालय सानेपामा दिउसो २ बजेका लागि बैठक बोलाइएको कांग्रेसका एक नेताले लोकान्तरलाई जानकारी दिए ।
आफ्नै नेतृत्वमा सरकार गठनको निर्णय गरेको कांग्रेसले यसबारे पदाधिकारी बैठकमा छलफल गर्न लागेको छ । शुक्रवार कांग्रेसले माओवादी केन्द्रसहित जसपाका नेताहरुसँग छलफल गरेको थियो । शुक्रवारको बैठकमा जसपाले कांग्रेससँग केही दिनको समय माग गरेको थियो ।
सरकार गठनका अतिरिक्त पार्टीको महाधिवेशन तयारीका विषयमा बैठकमा छलफल हुने ती नेताले बताए । कांग्रेसको १४ औं महाधिवेशन आगामी भदौ महिनामा गर्ने निर्णय भएको छ ।
तोकिएको समयमै महाधिवेशन गर्नेगरी व्यवस्थित ढंगले अगाडी बढ्न बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले माग गरेको छ ।