२२ असार २०८३, सोमबार

मुख्यमन्त्री शाहीलाई मतदान गर्ने एमालेका ४ सांसद पार्टीबाट निष्कासित

मुख्यमन्त्री शाहीलाई मतदान गर्ने एमालेका ४ सांसद पार्टीबाट निष्कासित

कर्णाली प्रदेशसभा बैठकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राखेको विश्वासको मत लिने प्रस्तावको पक्षमा मतदान गरेर पार्टी ह्वीप उल्लंघन गर्ने नेकपा एमालेका ४ सांसद पार्टीबाट निष्कासित भएका छन् ।

शनिवार एक प्रेस विज्ञप्ति जारी गर्दै एमाले कर्णाली प्रदेश कमिटी अध्यक्ष गोरखबहादुर बोगटीले सांसदहरू नन्दसिंह बुढा (डोल्पा), अमरबहादुर थापा (दैलेख) र कुर्मराज शाही (कालिकोट) लाई पार्टी सदस्यसहित पार्टी कमिटीका सबै जिम्मेवारीबाट निष्कासन गरिएको र राष्ट्रिय महाधिवेशन आयोजक कमिटी सदस्य प्रकाश ज्वालालाई निष्कासन गर्न पार्टी केन्द्रमा सिफारिस गरिएको जनाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्