२१ असार २०८३, आइतबार

कोरोना संक्रमणपछि दिल्लीमा उपचार नपाउँदा १ नेपालीको निधन

बैशाख १५, २०७८
कोरोना संक्रमणपछि दिल्लीमा उपचार नपाउँदा १ नेपालीको निधन

भारतको राजधानी नयाँदिल्लीमा कोरोना संक्रमणपछि उपचार नपाउँदा फेरि १ नेपालीको ज्यान गएको छ ।

सुदूरपश्चिम नेपाली समाज भारतका भूपू कोषाध्यक्ष मनोज भट्टले नयाँदिल्लीमा उपचार नपाएपछि नेपालतिर ल्याउने क्रममा निधन भएको हो ।

श्वासप्रश्वासमा समस्या देखिएर अक्सिजन चाहिएका बेला दिल्लीमा अक्सिजन नपाएपछि नेपालतिर ल्याउन लागिएको बेला निधन भएको जनाइएको छ ।

भट्टको निधनप्रति सुदूरपश्चिम नेपाली समाज भारतले दुःख व्यक्त गरेको छ ।

गत १ हप्ताभित्र दिल्लीमा १० जनाभन्दा बढी नेपालीको कोरोना संक्रमणले ज्यान गएको जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्