
ब्रोकरमार्फत हुने शेयर कारोबार निषेधाज्ञा अवधिमा विद्युतीय माध्यमबाट गर्नुपर्ने भएको छ।
स्टक ब्रोकर्स एसोसिएसनले बुधबार सूचना जारी गर्दै सरकारले बिहीवारदेखि अत्यावश्यक सेवा बाहेकको आवागमन निषेध गरेकाले निषेधाज्ञा अवधिभर सबै कारोबार विद्युतीय माध्यमबाट गरिने जनाएको हो ।
धितोपत्र कारोबारको राफसाफ समयमा सम्पन्न गरी कारोबारलाई निरन्तरता दिन लगानीकर्ताहरुबाट खरिद रकम तथा बिक्री गरिएको धितोपत्र समयमै उपलब्ध गराउनु पर्छ।
निषेधाज्ञाको अवधिमा लगानीकर्ताले कारोबार कसरी गर्ने भन्नेमा प्रष्ट भएर मात्र कारोबार गर्न एसोसिएसनले आग्रह समेत गरेको छ।