२२ असार २०८३, सोमबार

दाङमा गस्तीमा रहेको सेनामाथि गोली चल्यो, सैनिक जवान घाइते

कात्तिक २०, २०७४
दाङमा गस्तीमा रहेको सेनामाथि गोली चल्यो, सैनिक जवान घाइते

तुल्सीपुर, १५ जेठ–  निर्वाचन सुरक्षाका लागि गस्तीमा खटिएको नेपाली सेनाको टोलीमाथि दाङमा गोली प्रहार भएको छ ।

गोली कसले प्रहार गरेको भन्ने अहिलेसम्म खुलेको छैन । निर्वाचनको सुरक्षाका लागि हतियारसहित गस्तीमा गएको टोलीमा दाङको राजपुरमा गोली चलेको हो ।

गोली लागेर गस्तीमा रहेका एक एक सैनिक जवान घाइते भएका छन् । गोली लागेर रिपुमर्दन गण घोराहीमा कार्यरत सैनिक जवान किशन थापा घाइते भएका हुन् । घाइते थापाको घोराहीस्थित राप्ती उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

गोली कसले चलाएको हो भन्ने विषयमा छानविन भइरहेको रिपुमर्दन गणका गणपति राजन खडकाले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्