×

NMB BANK
NIC ASIA

झन् मजबुत बन्दै विपक्षी गठबन्धन, ओलीको विपक्षमा राजेन्द्र महतो

बैशाख २५, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस लगायतका दल वैशाख २७ गतेका लागि आह्वान संसद् विशेष अधिवेशनमा कसरी अघि बढ्ने भन्नेबारे तीव्र संवादमा उत्रिएका छन् ।

Muktinath Bank

कांग्रेसले पदाधिकारी बैठकमार्फतै प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत नदिने प्रस्ट पारिसकेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्तासँगै अब फेरि मत नदिने बताएको छ । यी २ दल अन्य विपक्षीलाई समेत आफ्ना कित्तामा ल्याउने प्रयासमा छन् ।


Advertisment
Nabil box
Kumari

कांग्रेसले अविश्वासको मतका लागि माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एमाले माधव नेपाल समूहसँग आन्तरिक छलफल जारी राखेको छ । कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतका अनुसार अब कसरी अघि बढ्ने भन्ने विषयमा विपक्षी दलबीचमा संवाद जारी छ ।

Vianet communication
Laxmi Bank

विपक्षमा रहेका अन्य दललाई समेत प्रधानमन्त्री ओलीलाई मत नदिन आग्रह गरिने उनले जानकारी दिए ।

गत मंगलवारबाटै विपक्षी दलका नेता कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जसपा अध्यक्ष उपेन्द्र यादवबीच छलफल जारी छ ।

बिहीवार साँझ एमाले नेता नेपालले समेत बूढानीलकण्ठस्थित निवास पुगेर देउवालाई भेटेका छन् । भोलिपल्ट शुक्रवार साँझै माओवादी अध्यक्ष प्रचण्ड बूढानीलकण्ठ पुगेका थिए ।

ललितपुरमा बुधवार विपक्षी दलबीच छलफल नै चलिसकेको छ । छलफलबाट विपक्षी दलले राष्ट्रियसभा उपनिर्वाचनमा गठबन्धन बनाएर अघि बढ्ने निर्णय भएको थियो ।

प्रधानमन्त्री ओलीले गत बुधवार कांग्रेससँग विश्वासको मत माग्दै सहकार्य प्रस्ताव गरेका थिए । उनले एमाले नेतासहित कांग्रेस सभापति देउवाको बूढानीलकण्ठस्थित निवासमै पुगेर विश्वासको मत मागेका हुन् ।

तर कांग्रेसले विश्वास गर्ने वातावरण नभएको भन्दै मत दिन नसकिने जवाफ दिइसकेको छ । सत्ताधारी दलको क्रियाकलाप ठीक नभएको र सरकार पटक–पटक गलत बाटोमा हिँडेको भन्दै कांग्रेसले सरकारलाई सचेत समेत गराएको छ ।

कांग्रेसले कोरोना संक्रमण व्यापक रूपमा बढ्दा समेत सही ढंगबाट काम नगरेको भन्दै सरकारको आलोचना समेत गर्दै आएको छ । बजेट अधिवेशन बोलाउन ढिला भएको र कोभिडलगायत महत्त्वपूर्ण विषयमा छलफल गर्नुपर्ने बेला विश्वासको मत लिनकै लागि अधिवेशन बोलाइएको भन्दै सरकारप्रति कांग्रेस रुष्ट छ ।

उता, जसपा नेता डा. बाबुराम भट्टराई र यादव समेत सरकारसँग रुष्ट छन् । उनीहरूले नेतृत्व गरेको जसपाको ठूलो शक्ति एकातिर हुँदा महन्थ ठाकुर सहितका केही नेता कसरी अघि बढ्ने भन्नेमा प्रस्ट खुल्न सकेका छैनन् ।

यद्यपि नेता राजेन्द्र महतोले भने प्रधानमन्त्री ओलीको कित्तामा उभिन नसक्ने संकेत गरिरहेका छन् । राजधानी दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x