२२ असार २०८३, सोमबार

कांग्रेसको नेतृत्वमा सरकार गठन गर्ने प्रस्ताव अनुमोदन

बैशाख २५, २०७८
कांग्रेसको नेतृत्वमा सरकार गठन गर्ने प्रस्ताव अनुमोदन

नेपाली काँग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउने प्रस्ताव अनुमोदन गरेको छ।  शनिबार बसेको पार्टी संसदीय दलको बैठकले प्रधानमन्त्री केपी ओलीको राजीनामा माग गर्दै आफ्नै नेतृत्वमा सरकार बनाउने प्रस्ताव अनुमोदन गरेको पार्टी संसदीय दलका नेता बालकृष्ण खाँणले जानकारी दिए । उनले प्रधानमन्त्रीले लिन लागेको विस्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय भएको पनि बताए ।

उनले भने, ‘संसदीय दलको बैठकले नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०७७ चैत्र २१ गतेको बैठकले सर्वसम्मतले पारित प्रधानमन्त्री केपी ओलीको राजीनामा माग गर्दै नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन गर्ने प्रस्ताव अनुमोदन गर्दछ । प्रतिनिधिसभाको आसन्न अधिवेशनमा प्रस्तुत हुने प्रधानमन्त्री केपी शर्मा ओली माथि विश्वास छ भन्ने प्रस्तावको विपक्षमा मतदान गर्ने तथा नेपाली कांग्रेसको नेतृत्वमा वैकल्पिक सरकार गठन गर्ने निर्णय गरेको छ । साथै प्रधानमन्त्री ओलीमाथि विश्वास छ भन्ने प्रस्तावको विपक्षमा मतदान गर्नका लागि संसदका सबै राजनीतिक दलहरुलाई हामी आग्रह गर्दछौं ।’

कांग्रेसको चैत्र २१ गतेको केन्द्रीय समिति बैठकले प्रधानमन्त्री ओली प्रशासनिक, संबैधानिक र राजनीतिक रुपले असफल भएको भन्दै तत्काल आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने र त्यसका लागि अन्य राजनीति दलसंग छलफल परामर्श गर्ने निर्णय गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्