०२ साउन २०८३, शनिबार

यस्तो रहनेछ आजको मौसम

बैशाख ३१, २०७८
यस्तो रहनेछ आजको मौसम

पश्चिमी न्यून चापीय प्रणाली र  दक्षिणपूर्व भूभाग नजिक रहेको पूर्वपश्चिम फैलिएको न्युन चापीय रेखाको प्रभाव मौसममा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण देशको अधिकांश भूभागमा आंशिक बदली रहेको बताइएको छ ।  

यस्तै आज दिनभर देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने र  बाँकी भूभागहरूमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको पनि महाहाखाले जनाएको छ । 

यस्तै रातिप्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागहरुमा आंशिक बदली रहने सम्भावना रहेको छ । 
प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा भने  हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्