ओली–नेपालबीच सिंहदरबारमा छलफल जारी

पार्टीभित्र देखिएको विवाद समाधानको प्रयास स्वरुप सत्तारुढ नेकपा एमालेको दुइ पक्षबीच सिंहदरबारमा एक घण्टादेखि छलफल चलिरहेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा साझ पौने ७ बजेदेखि छलफल चलिरहेको हो । 

छलफलमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली तथा माधव नेपाल सहित दुवै पक्षका प्रभावशाली नेताहरु सहभागि छन् । अध्यक्ष ओली र नेता नेपालबीच हिजो क्याप्टेन रामेश्वर थापाको घरमा भएको छलफलमा एमालेलाई पार्टी एकता अगाडिको अवस्थामा फर्काउने भद्र सहमति भएको थियो । 


Advertisement

पार्टीको विवाद अन्त्यका लागि कार्यदल बनाएर छलफल गर्ने दुइ नेताबीच सहमति भएको थियो । कार्यदलमा बस्ने सदस्यहरुसहित ओली र नेपालबीच अहिले छलफल चलिरहेको छ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्