१६ असार २०८३, मंगलबार

महँगियो खाद्यवस्तुको भाउ

जेठ ४, २०७८
महँगियो खाद्यवस्तुको भाउ

कोरोना  महामारी नियन्त्रणका लागि गरिएको निषेधाज्ञामा दैनिक  उपभोग्य  खाद्यान्न  महँगो  भएको  छ। चिनी,  खानेतेल,  अण्डा,  गेडागुडीलगायतका खाद्यवस्तुको भाउ बढेको हो। 
बजार अनुगमन प्रभावकारी  नहुँदा  भाउ  महँगो  भएको  उपभोक्ता अधिकारकर्मी बताउँछन्। नेपाल  खुद्रा  व्यापार  सङ्घले  पछिल्लो १०÷१२  दिनयता  चिनी,  खानेतेल,  गेडागुडीको भाउ  महँगो  भएको  जनाएको  छ। 

 सङ्घका अध्यक्ष  राजकुमार  श्रेष्ठले  पछिल्ला  दिनमा थोकमै  चिनी  प्रतिकेजी  १०  रुपियाँसम्म  महँगो भएको  जानकारी  दिए । उनका  अनुसार प्रतिकेजी  ८०  रुपियाँ  किनबेच  भएको  चिनी बढेर  ९०  रुपियाँ  पुगेको  छ।  सो  अवधिमा खानेतेल  प्रतिलिटर  १०  देखि  १५  रुपियाँ  बढेको छ।  गेडागुडी  पनि  प्रतिकेजी  १०  रुपियाँ  महँगो भएको छ भने कुखुराका अण्डाको प्रतिक्रेट ३० रुपियाँ बढेको सङ्घले जनाएको छ।“भाउ  बढ्नुको  कारण  खोज्दा  पाइँदैन। पैसा महँगो तिर्नुपरेको छ तर पैसा तिरेअनुसारको बिल  पाइँदैन।  साना  खुद्रा  व्यापारी  जहिले  पनि मर्कामा परेका छौँ,” अध्यक्ष श्रेष्ठले थपे । 

 उपभोक्ता अधिकारकर्मी माधव तिम्लिसिनाले  बजारमा  चिनी  सकिँदै  गएको हल्ला    आउनेबित्तिकै    चिनी    उद्योगीहरूले चिनीको  भाउ  बढाएको  बताए । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्