३० असार २०८३, मंगलबार
महन्थ-उपेन्द्रको संयुक्त विज्ञप्ति

आफैंले नेतृत्व पाए वा राष्ट्रिय सहमति बने मात्र जसपा सरकारमा जाने, नत्र प्रतिपक्षमा बस्ने

आफैंले नेतृत्व पाए वा राष्ट्रिय सहमति बने मात्र जसपा सरकारमा जाने, नत्र प्रतिपक्षमा बस्ने

जनता समाजवादी पार्टी (जसपा) सरकारमा सहभागी नहुने भएको छ ।

आफ्नै नेतृत्वको सरकार बन्ने अवस्था या राष्ट्रिय सहमतिको सरकार बनेमा मात्र सहभागी हुने जसपाले बताएको छ ।

अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले मंगलवार संयुक्त विज्ञप्ति प्रकाशित गरी सरकारमा सहभागी नहुने निर्णय गरेका हुन् । 

संयुक्त विज्ञप्तिसँगै फुटको मुखमा पुगेको जसपा जोगिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने/नदिने भन्ने विषयमा जसपामा विवाद भएको थियो ।

संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको पहलमा ८ बुँदे संयुक्त विज्ञप्ति जारी भएको हो । 

जेठ ८ र ९ गतेका लागि कार्यकारिणी समितिको बैठक बोलाउने निर्णय समेत भएको नेता विश्वदीप पाण्डेले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्