२९ जेठ २०८३, शुक्रबार

एमाले कार्यदलको बैठक स्थगित, भोलि बस्ने तय

एमाले कार्यदलको बैठक स्थगित, भोलि बस्ने तय

नेकपा एमाले विवाद समाधानका लागि गठित कार्यदलको बैठक स्थगित भएको छ ।

कार्यदलका सबै सदस्य काठमाडौंमा उपलब्ध नभएकाले बैठक स्थगित भएको कार्यदलका एक सदस्यले लोकान्तरलाई जानकारी दिए ।

कार्यदलको बैठकमा सबै सदस्य बस्नुपर्ने भएको भोलि बिहीवार साँझ ५ बजे बस्ने तय गरेर बैठक स्थगित भएको जनाइएको छ ।

पार्टीभित्र नेता माधवकुमार नेपाल पक्षको असन्तुष्टि सम्बोधन गर्न अध्यक्ष केपी शर्मा ओली पक्षबाट उपनेता सुवासचन्द्र नेम्वाङको नेतृत्वमा र नेपालको पक्षबाट उपाध्यक्ष भीम रावलको नेतृत्वमा कार्यदल रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्