३१ असार २०८३, बुधबार
जसपा विवाद

जसपाका दुवै अध्यक्षलाई निर्वाचन आयोगको पत्र– अनुसूची १८ बमोजिमको निवेदन पेश गर्नुस् !

जसपाका दुवै अध्यक्षलाई निर्वाचन आयोगको पत्र– अनुसूची १८ बमोजिमको निवेदन पेश गर्नुस् !

निर्वाचन आयोगले जनता समाजवादी पार्टीका दुवै पक्षलाई फेरि अर्को पत्र  लेखेर पठाउन पत्र पठाएको छ ।

निर्वाचन आयोगको अनुसूची ढाँचाअनुसार पत्र नआएको हुनाले अर्को पत्र लेखेर पठाउनका लागि जसपाका दुवै जना अध्यक्षलाई पत्राचार गरिएको छ ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार यसअघि कारवाही सम्बन्धी आयोगमा पठाइएको पत्र राजनीतिक दलसम्बन्धी नियमावलीको ढाँचा अनुसार नभएकाले ढाँचा अनुसारको अर्को पत्र पठाउन भनिएको छ।

‘जसपाका अध्यक्ष उपेन्द्र यादवले पठाएको निवेदन दलसम्बन्धी नियमावलीको ढाँचा १८ बमोजिम नमिलेको हुनाले  सोहीअनुसार निवेदन दर्ता गराउन पत्र लेखेका छौं,’ प्रवक्ता श्रेष्ठले लोकान्तरसँग भने, ‘त्यसैगरी महन्थ ठाकुरलाई सोही अनुसूचीको १८ बमोजिम तथा पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बसेको बैठकको हस्ताक्षरसहितको निर्णयको प्रतिलिपि पनि पेश गर्न पत्र पठाएका छौं ।’

यसअघि उपेन्द्र यादवले ठाकुरसहित राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मण लाल कर्णलाई पार्टीबाट निस्कासन गरिएको पत्र आयोगमा १८ गते दर्ता गरेका थिए ।

त्यसैगरी सोही दिन उपेन्द्रलाई कारवाही गरिएको पत्र ठाकुरले आयोगमा दर्ता गराएका थिए ।  

salt training

कमेन्ट गर्नुहोस्