×

NMB BANK
NIC ASIA

कोरोना संकट

साँच्चै घटेको हो कोरोना संक्रमण ? के छ काठमाडौंका अस्पतालहरूको अवस्था ?

जेठ २०, २०७८

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

कोरोनाभाइरस (कोभिड– १९) को दोस्रो लहरका उच्च बिन्दुमा पुगेर अहिले संक्रमण दर घटेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तर के साँच्चिकै घटेको हो त ? 

Muktinath Bank

अहिले यो धेरैले सोध्ने मध्येको एक प्रश्न हो । कतिपयले परीक्षणको दायरा कम गरेका कारण संक्रमण घटेको तर्क गरिरहेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्वास्थ्य मन्त्रालयले भने देशका विभिन्न जिल्लाहरूका गरिएको ३५/४० दिनको निषेधाज्ञाले संक्रमण दर घटाएको बताएको छ ।


Advertisment
Nabil box
Kumari

स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता प्राध्यापक डा. समीरकुमार अधिकारीले दैनिक गर्ने प्रेस ब्रिफिङमा पनि अहिले कोरोनाको संक्रमण दर घटेको बताइरहेका छन् ।

Vianet communication
Laxmi Bank

स्वास्थ्य मन्त्रालयको तथ्यांकलाई हेर्ने हो भने बुधवार (२०७७ जेठ १८) गते ६ हजार ८५ जनामा संक्रमण पुष्टि भएको छ भने मृत्यु हुने ६८ जना छन् । भने निको भएर जानेको संख्या संक्रमण हुने भन्दा धेरै ६ हजार ८९८ देखिन्छ । 

तर करीब १५ दिन अगाडि अर्थात् जेठ ५ गते ८ हजार १८३ मा संक्रमण पुष्टि भएको थियो भने २४६ जनाको कोरोना भाइरसको संक्रमणका कारणले ज्यान गुमाएका थिए ।

त्यसपछि लगातार संक्रमित र मृत्यु हुनेको संख्या घट्दै गएपछि अहिले संक्रमण घटेको स्वास्थ्य मन्त्रालयले बताउँदै आएको छ ।

१५ दिन अगाडि कोरोना भाइरसको संक्रमण भएका विरामीलाई बाहिर पाल टाँगेर उपचार गरेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु अस्पताल) प्रवक्ता डा. अनुपा बास्तोला पछिल्लो समयमा कोरोना संक्रमण भएर आउने बिरामीहरू घटेको बताउँछन् । 

‘अहिले निकै घटेको छ । कुनै बेला हामीले पाल टाँगेर बाहिर समेत उपचार गर्नुपरेको थियो,’ डा. बाँस्तोलाले लोकान्तरसँग भने, ‘यति नै प्रतिशतमा घटेको छ भन्न त सकिँदैन तर पहिलाको अनुपातमा निकै घटेको छ ।’

प्रवक्ता बाँस्तोलाका अनुसार अहिले टेकु अस्पतालमा कोरोनाका बिरामीको चाप केही कम छ । १५ दिन अघिको अवस्था भन्दा अहिले त निकै कम बिरामीहरू अस्पताल आएका छन् । अस्पतालमा श्वास प्रश्वासको समस्या लिएर आउने बिरामीहरू ह्वात्तै घटेको डा. बास्तोलाले बताए ।

प्राइभेट अस्पतालमा पैसा तिर्न नसकेर उपचार नपाएका बिरामीहरू टेकु अस्पतालमा आउने गरेको बास्तोलाले बताए ।

अहिले टेकु अस्पतालमा बिरामी घटेपछि बेड पाइन थालेको बाँस्तोलाले लोकान्तरलाई बताए ।

यस्तै कोरोनाका बिरामी उपचार गर्नका लागि हप्ता दिनमा ३ सय बेड थप्दा पनि थाम्न नसकेको उपत्यकाको अर्को ठूलो त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) मा पनि कोरोनाका संक्रमितहरू घटेका छन् ।

‘पहिला हामीलाई बेड मिलाइदिनु पर्ने ठूलो प्रेसर थियो । आकस्मिक कक्षमा बिरामीलाई भुइँमै राखेर उपचार पनि गरेका हौं, तर अहिले त्यस्तो अवस्था छैन,’ टिचिङ अस्पतालका डा. निरज बमले लोकान्तरसँग भने, ‘अहिले सजिलै बेड मिलाउन सकिन्छ ।’

अस्पतालमा आउने बिरामीलाई बेड र अक्सिजन पाउन अप्ठ्यारो छैन् । पहिला जस्तो आउनेमध्ये अक्सिजन नै चाहिने बिरामी पनि कम भएको डा. बमले बताए ।

संक्रमण घट्नुमा पछिल्लो समय मानिसमा आएको सचेतना पनि प्रमुख कारण भएको डा. बमको बुझाइ छ । 

‘अहिले मानिसहरू अवेयर भएका छन्, पीसीआर परिक्षण समयमै गर्न आएकाले पनि छिटो संक्रमण दर कम भएको हो,’ डा. बमले लोकान्तरसँग भने, ‘यसमा मिडियाको पनि ठूलो रोल देखियो र लकडाउनले पनि मद्दत गर्‍यो ।’
तर यसभन्दा अगाडि कोभिड संक्रमण भने विवाह, जात्रा, भोजभतेरले गर्दा बढेको उनको बुझाइ छ । 

‘अघिल्लोचोटि विवाह, ब्रतबन्ध, जात्रा भोजभतेरले संक्रमण बढेको देखिएको छ । अझै पनि यस्ता कार्यहरू सजग भएर गरेनौं भने जोखिम बढ्न सक्छ,’ डा. बमले भने ।

निषेधाज्ञा र बिरामीहरूको चाप अस्पतालमा कम भएको तथा चेन ब्रेक भएका कारणले अहिले संक्रमण कम भएको भन्न मिल्ने जनस्वास्थ्य वैज्ञानिक डा. समीरमणि दीक्षितले बताए । 

‘स्वास्थ्य मन्त्रालयको तथ्यांक लुकाउन सकिँदैन । अहिले मृत्युको संख्या पनि घटेको छ,’ डा. दीक्षितले लोकान्तरसँग भने, ‘यसले पनि संक्रमण घटेको भन्ने पुष्टि गर्छ । 

गाउँमा पर्याप्त परीक्षण नभएकाले शंका रहे पनि बजारको अवस्थालाई हेर्दा संक्रमण घटेको देखिएको उनले बताए ।

अहिलेसम्म कोभिड १९ का कारणले ७ हजार ५५५ जनाले ज्यान गुमाइसकेका छन् ।

५ लाख ७१ हजार १११ जना संक्रमित छन्, भने १ लाख ४ हजार ७८९ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाउँछ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x