
विश्वकप तथा एएफसी एसियन कपको संयुक्त छनोट अन्तर्गत चाइनिज ताइपेइविरुद्ध जारी खेलमा नेपालले सुरुवाती अग्रता लिएको छ ।
कुवेतस्थित जबर अल अहमद अन्तर्राष्ट्रिय रंगशालामा जारी खेलको तेस्रो मिनेटमा अञ्जन विष्टले गोल गरेका हुन् ।
मिडफिल्डर सन्तोष तामाङले प्रहार गरेको फ्रिकिकमा विपक्षी टोलीका खेलाडीले पेनाल्टी एरियामा ह्यान्ड गरेपछि नेपालले पेनाल्टी पाएको थियो । सोही अवसरलाई अञ्जनले गोल गरेका हुन् ।