०२ साउन २०८३, शनिबार

नौ वरिष्ठ न्यायाधीशसहित ११ जनाले प्रतिनिधि सभा विघटनको मुद्दा हेर्न नमिल्ने भन्दै सर्वोच्चमा निवेदन

नौ वरिष्ठ न्यायाधीशसहित ११ जनाले प्रतिनिधि सभा विघटनको मुद्दा हेर्न नमिल्ने भन्दै सर्वोच्चमा निवेदन

सर्वोच्चका अन्य वरिष्ठतम् न्यायाधीशहरू समेत प्रतिनिधि सभा विघटनको मुद्दा हेर्ने संवैधानिक इजलासमा बस्न नमिल्ने भन्दै सर्वोच्च अदालतमा निवेदन परेको छ ।

अधिवक्ता राजाराम घिमिरेले आफैँलाई संसदीय सुनुवाइ विशेष समितिबाट अनुमोदन गर्ने सांसदहरू निवेदक भएको रिट न्यायाधीशहरूले हेर्न नमिल्ने भन्दै निवेदन पत्र पेश गरेका हुन् ।

उक्त निवेदन दर्ताको प्रक्रियामा छ ।

न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, ईश्वर खतिवडा, डा. आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा, प्रकाशमान सिंह राउत र सपना प्रधान मल्ल इजलासमा बस्न नमिल्ने जिकिर निवेदकले गरेका छन् ।

यस्तै न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठ पनि इजलासमा बस्न नमिल्ने जिकिर पनि निवेदनमा गरिएको छ ।

यस सम्बन्धमा लोकान्तर डटकमले समाचार समेत प्रकाशित गरेको थियो । त्यसलाई समेत आधार मानेर निवेदन पेश गरिएको निवेदकले बताए ।

salt training

कमेन्ट गर्नुहोस्