![नवनियुक्त मन्त्रीहरूको बरियताक्रम : प्रधानमन्त्रीपछि सबैभन्दा माथिल्लो वरियतामा पौडेल, अरूको कहाँ ? [सूचीसहित]](https://lktcdn2.prixacdn.net/media/cabinet-5_xnhQhb0EbI.jpg)
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।
पुनर्गठित मन्त्रिपरिषद्मा ३ जना उपप्रधानमन्त्री सहित १२ मन्त्री र २ जना राज्यमन्त्री रहेका छन् ।
पुनर्गठित मन्त्रीपरिषद्मा प्रधानमन्त्रीपछि सबैभन्दा माथिल्लो वरियतामा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल रहेका छन् ।
पौडेलपछिको वरियतामा रघुवीर महासेठ रहेका छन् ।
यस्तै महासेठपछि राजेन्द्र महतोभन्दा माथिल्लो वरियतामा छन् ।
मन्त्रीहरुको वरियतामा जनता समाजवादी पार्टीका शरदसिंह भण्डारी सबैभन्दा अगाडि छन् । उनीपछाडि क्रमशः कृष्णगोपाल श्रेष्ठ, अनिलकुमार झा र शेरबहादुर तामाङ रहेका छन् ।
हेर्नुहोस् मन्त्रीहरुको वरियताअनुसार राष्ट्रपति कार्यालयले जारी गरेको नामावली :
