
शनिवार झलनाथ खनाल र माधव कुमार नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दै छ ।
शनिवार दिउँसो १ बजेका लागि स्थायी कमिटी बैठक बोलाइएको खनाल नेपाल समूहका युवराज ज्ञवालीले लोकान्तरलाई जानकारी दिए ।
भर्चुअल रुपमा बस्ने बैठकमा केन्द्रीय कमिटी सदस्यहरूबाट प्राप्त सुझावहरूबारे छलफल र विश्लेषण गर्ने उनको भनाइ छ ।
नेपाल पक्षको केन्द्रीय समिति बैठक बिहीबार र शुक्रबार बसेको थियो । सो बैठकले निकालेको निष्कर्षलाई स्थायी कमिटि बैठक मार्फत अन्तिम रुप दिने तयारी छ ।