२१ जेठ २०८३, बिहीबार

स्रोत नखुलेको १४ लाख नेपाली रुपैयाँसहित २ जना पक्राउ

स्रोत नखुलेको १४ लाख नेपाली रुपैयाँसहित २ जना पक्राउ
प्रतिकात्मक तस्वीर

सुनसरी जिल्लाको देवनगंज गाउँपालिका–५ साहेवगंजस्थित बुढीखोलाको पुलबाट सशस्त्र प्रहरी बलले १४ लाख २५ हजार नेपाली रुपैयाँसहित २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्थानीय २५ वर्षिय विनोद साह र रोशनकुमार साह छन् ।

सुनसरीको साहेवगंजबाट विराटनगरतर्फ जाँदै गरेको प्र१–०२–०४० प ५४९९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट साहेवगंजबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा फेला परेको रुपैयाँको स्रोत खुलाउन नसकेपछि पक्राउ गरिएको हो ।

त्यसबेला मोटरसाइकल समेत बरामद गरिएको छ । बरामद रुपैयाँ तथा मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय सुनसरीमा बुझाइएको छ । 

मोटरसाइकलको भन्सार दाखिला मूल्य १ लाख ५० हजार रुपैयाँ रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्